Wednesday, March 25, 2009

बढ्दैछ बलात्कार


यौन आवश्यकता हो तर यो आवश्यकतालाई सम्हाल्न सकिएन भने ठूलो दर्ुघटना हुनसक्छ । यो आवेगलाई सम्हाल्न नसक्दा विश्वका धेरै चर्चित व्यक्तिहरु पनि चुकेका छन् र विवादमा फसेर पद समेत गुमाउन पुगेका छन् । महिला हिंसाविरुद्ध विश्वमा अर्बौ धनराशि खर्च भइरहे पनि महिला हिंसा त्यसमा पनि बलात्कारका घटनाहरु रोकिएका छैनन् । विश्वमा सभ्य कहलिएका बेलायत र अमेरकिा जस्ता देशहरुमा पनि बलात्कारका घटना बढिरहेका छन् ।


इजरायलका पर्ूव राष्टपति मोसे कास्ताभ अहिले बलात्कारको अभियोग सामना गररिहेका छन् । ६३ वषर्ीय कास्ताभलाई आफ्नै सहयोगीको रुपमा काम गरेकी एक महिलालाई बलात्कार गरेको र अरु दर्ुइ जना पर्ूव कर्मचारीहरुमाथि यौन अपराध गरेको आरोप लागेको छ । उनले आफूलाई निर्दोष दाबी गर्दै आइरहेका छन् तर त्योभन्दा धेरै प्रतिक्रिया दिएका छैनन् । उनले मिडियाले आफूलाई फसाउन खोजेको बताएका छन् ।

यसै हप्ता अन्तराष्टियरुपमा एउटा जघन्य बलात्कारको घटनाले चर्चा पायो । अस्टियाका ७३ वषर्ीय जोसेफ प्रिmजलले आफ्नी छारीलाई लगातार २४ वर्षम्म थुनेर बलात्कार गरेको घटना अष्टियाकै इतिहासमा सबैभन्दा तल्लोस्तरको अपराधमध्ये एक भएको मानिएको छ ।

बेलायतमा १७ वर्षन्दा कम उमेर भएकाहरुलाई विवाह गर्न रोक लगाइएको छ । अध्ययनहरुले देखाए अनुसार बेलायतमा १५ वर्षा पाइला टेक्नुअघि नै टिनएजरहरुले यौन सर्म्पर्कको अनुभव लिन्छन् जसको कारण राज्यले बालबालिको सूचीमा राखेका किशोर किशोरीहरु बाबुआमा बन्छन् । यस्तो सर्म्पर्कबाट वाषिर्क १ लाख पचास हजार बच्चाहरु जन्मन्छन् । कतिपय बच्च्चाहरु बलात्कारका कारण पनि जन्मन्छन् । इच्छित वा अनिच्छत जे भएपनि यस्तो सर्म्पर्कलाई बेलायतले गैर कानुनी मानेको छ ।

त्यसो त बलात्कार के हो भन्ने विषयमा पनि छलफल हु"दै आएका छन् । कसै कसैले जबर्जस्ती यौन सर्म्पर्कलाई बलात्कारको परभिाषामा राख्दै आएका छन् भने कतिपयले यौनस"ग सम्बन्धित कुनै पनि जबर्जस्ती वा मानसिक यातनालाई समेत बलात्कारको कित्तामा राखेका छन् । कतिपयले भने बलात्कार भन्ने शब्द प्रयोग नगरे पनि यौन आक्रमण भनेर चर्चा गर्दै आएका छन् ।

विश्वमा बढ्दै गइरहेका यौन हिंसाका घटना रोक्न र अन्य यौन जोखिमलाई कम गर्न यौन शिक्षाको विषयलाई व्यापकरुपमा उठाइएको छ तर अमेरकिा जस्तो देशमा समेत यौन आक्रमणका घटनाहरु कम नभएपछि शिक्षा मात्र यौन हिंसा कम गर्न काफी छैन भन्ने संकेत गरेको छ ।
एक तथ्यांक अनुसार अमेरकिामा सन् २००७ मा यौन आक्रमणका साढे दर्ुइ लाख घटनाहरु भएका छन् । त्यहा" प्रत्येक दर्ुइ मिनेटमा एक जना व्यक्ति यौन आक्रमणको शिकार भइरहेको हुन्छ । यस्ता आक्रमणमध्ये ६० प्रतिशत घटनाहरु प्रहरीमा उजुरबाजुर नभएरै सकिन्छन् । बलात्कारको शिकार हुने ७३ प्रतिशत व्यक्तिले आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई चिनेका हुन्छन् तर छ प्रतिशत बलात्कारीहरु मात्र जेल पर्छन् । बलात्कारको तस्वीर अमेरकिामा भयावह छ । ६ अमेरकिी महिलामध्ये एक महिला जीवनमा एकपटक या त बलात्कृत भएकी हुन्छिन् या उनीमाथि बलात्कारको प्रयास भएको हुन्छ । यसरी बलात्कृत हुने ८० प्रतिशत महिला श्वेत हुन्छन् ।

त्यसो त बलात्कारको शिकार हुनेहरु महिला मात्र छैनन्, पुरुषहरु पनि बलात्कारपीडित बन्दै आएका छन् । एक तथ्यांक अनुसार अमेरकिामा प्रत्येक ३३ जना पुरुषमध्ये एक जनाले आफ्नो जीवनको कुनै पनि समयमा एक पटक बलात्कार वा बलात्कार प्रयासको सामाना गर्नुपर्छ । अमेरकिामा दर्ुइ लाख ७८ हजार पुरुष यौन आक्रमणमा पर्छन् । तीमध्ये ८० प्रतिशत ३० वर्षन्दा कम उमेरका हुन्छन् । बलात्कारको असर पीडितलेे जिन्दगीभर व्यहोर्नुपर्छ । एक पटक बलात्कारको शिकार भइसकेका व्यक्तिहरु सामान्य मानिसभन्दा ३ गुना बढी ड्रि्रेसन हुने सम्भावना रहन्छ भने उनीहरुमा १३ गुणा बढी अल्कोहलको समस्याबाट ग्रसित हुन्छन् ।

अध्ययनहरुका अनुसार स्कुलमा पढाउने शिक्षक वा अभिभावकत्व दिने व्यक्ति पनि स्वयं बलात्कारको घटनामा संलग्न हुने गर्छन् । उनीहरु बालबालिकालाई ललाइफकाइ बलात्कार गर्ने गरेको देखिएको छ । केही समयअघि भारतमा बलात्कारको यस्तै अभियोगमा विद्यालयका ६ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको थियो । नेपालमा पनि यस्ता घटनाहरु प्रसस्तरुपमा र्सार्वजनिक भइरहेका छन् । बलात्कारका घटनाहरु पर्ूण्ातया रोकिएला भन्ने अपेक्षा गर्न त सकिन्न तर सबैको सामूहिक प्रयासले यस्ता घटना घटाउन सकिने कुरामा भने विज्ञहरु विश्वस्त छन् ।



यस्ता पनि बाबु

अस्टि्रयाका नागरकि जोसेफ प्रिmजल-७४), यस्ता व्यक्ति हुन् जसलाई आफ्नै छोरी बलात्कारको आरोप लागेको छ । उनकी ४२ वषर्ीया छोरी एलिजावेथ प्रिmजलले आफूमाथि बाबुले २४ वर्षेखि बलात्कार गर्दै आएको उजुरी प्रहरीलाई दिएपछि उनको कर्तुत उदांगियो । आफूलाई २४ वर्षेखि भूमिगत कोठामा बन्दी बनाएर बाबु प्रिmजलले लगातार बलात्कार गर्दै आएको उनले बताएकी छन् । यसरी बलात्कारको शिकार ह"ुदै जा"दा एलिजावेथले सात वटा बच्चालाई जन्म दिइसकेकी छन् भने एउटा गर्भ तुहिएको छ । प्रिmजलले एलिजावेथलाई मात्र बन्दी बनाएका छैनन्, बलात्कारबाट जन्मिएकी छोरी केर्स्र्टर्ीी१९) र छोराहरु स्टेफेन-१८) र फेलिक्स-५) लाईसमेत बन्दी बनाएका छन् । अन्य तीन सन्तानलाई जोसेफले आफैस"ग राखेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।


बलात्कारबाट जन्मिएकी जेठी छोरी केर्स्र्टर्ीीबिरामी भएपछि उनलाई बन्द कोठाबाट अस्पताल लग्न प्रिmजल सहमत भए र अन्ततः त्यसकै कारण उनको कर्तुत र्सार्वजनिक हुन पुग्यो । गत वर्षअप्रिलमा नै पक्राउ परेका प्रिmजलको मुद्दा अदालतमा चलिरहेको थियो । यसैबीच गएको शनिबार उनले आफ्ने अपराध स्वीकार गरेको समाचार संसारभर नै फैलियो । उनलाई आजीवन कैदको फैसला सुनाइएको छ ।

Monday, March 16, 2009

विरोधका लागि नाङ्गो शरीर




गत नोभेम्वर १५ मा मलेसियामा मेक्सिकन कृषकहरुले पनि पूरै नाङगिएर सेलानगोर एम बीको कार्यालय अगाडि विरोध पर््रदर्शन गरे । गरिबहरुका लागि ल्याइएको आवासीय योजनाअर्न्तर्गत प्रस्तावित दोहोरो शुल्क विरुद्ध उनीहरुले पर््रदर्शन गरेका थिए ।



अर्जेन्टिनजाको ब्युनोस आयर्समा २००८ को जुनमा सैयौ नाङ्गा मानिसहरु सांकेतिक विरोधमा उत्रिए । रगत जस्तै रंगले शरीर भिजाएका ती मानिसहरु खरायोको र ौको प्रयोग विरुद्ध यो पर््रदर्शन गरिरहेका थिए । यस पटक नांगंो विरोध गर्नेहरु पनि पेटाका कार्यकर्ता र शुभभिन्तक नै थिए ।

२००८ को जुन १४ मा पेन्टी र ब्रासम्म नलगाएका महिला अनि पुरुषहरुको ठूलो समूहले सेन्ट्रल लण्डनको सडक हु“दै साइकल र्‍याली गर्‍यो ।
नाङ्गो शरीरमा विरोधका संाकेतिक नाराहरु ल्ोखेका मिश्रति उमेर समूहका ती महिला-पुरुष हाइड पार्कमा जम्मा भए र र्‍यालीलाई उत्सवमा परिणत गरे  । उनीहरुको उद्देश्य थियो- तेलमाथि भएको विश्वव्यापी परनिर्भरताको विरोध गर्नु, कार संस्कृतिविरुद्ध मत निर्माण गर्नु, शारीरिक स्वतन्त्रताको वकालत गर्नु, साइकिलिस्टहरुको सुरक्षाको विषयमा सम्बद्ध निकायको ध्यानाकर्षा गराउनु । यस्तै यस्तै ।
हालै मात्र लण्डनमा जनावर अधिकारका लागि क्रियाशील पिपल फर इथिकल टि्रटमेन्ट अफ एनिमल पेटामा आबद्ध अधिकारकर्मीहरुले निर्वस्त्र भएर जुलुस पर््रदर्शन गरे । उनीहरुको भनाइ छ- जनावरहरुलाई मानव स्वार्थका लागि प्रयोग गरनिु हु“दैन ।
२००७ को अगस्तमा सैयौ मानिसहरुले स्विट्जरल्याण्डको एलेटजको हिउ“ले भरएिको सतहमा सामूहिक रुपमा नांगै लम्पसार परे । विश्वव्यापी तापक्रम बृद्धि अर्थात ग्लोवल वार्मिङविरुद्धको एउटा अभियान भन्दै उनीहरु नांगिएका थिए ।
नेपालका वादी समुदायका महिलाहरु गत वर्षराजधानी काठमाडांैको सिंहदरवार अगाडि अर्धनग्न भई विरोध पर््रदर्शन गरे । परम्परागतरुपमा देहव्यापार गर्दै आएका वादी समुदायका महिलाहरुले आफूहरुको पुनर्स्थापना र सम्मानजनक जीवनका माग गर्दै यो विरोध गरेका थिए ।
आफूलाई मनोक्रान्तिका कार्यकर्ता बताउने युवाहरुको एक समूहले गत वर्षगुप्तांगसम्म नछोपेर काठमाडौमा पर््रदर्शन गर्‍्यो । उनीहरुको भनाइ थियो- मनोक्रान्तिको विषयलाई नेपाली मिडियाले उपयुक्त स्थान नदिएकाले त्यसको विरोधमा पर््रदर्शन गरएिको हो ।
च्ााहे शान्तिको नारा लिएर होस, च्ााहे जनावर अधिकारको नारा लिएर होस्, अथवा पर्यावरण सन्तुलनको नारा लिएर नै किन नहोस्, मानिसहरु नाङ्गी रहेछन् । अमेरकिाले इराक युद्धमा सेना उतारेको केही समयपछि केही महिलाहरु त्यसको विरोध गर्दै सांकेतिक रुपमा नांगंो शरीरमा देखा परेका थिए ।
सान पान्सिस्कोमा सन् २००२ को अप्रिल १९ मा एक सय महिला र पुरुषहरुले नाङगो शरीरले समुद्रमा किनारमा मेक लभ, नट वार भन्ने आकृति बनाएर शान्तिको वकालत गरे । २००५ नोभेम्वरमा केही महिलाले यी स्तन हुन्, बम होइनन् भन्ने नाराका साथ क्लालिफोर्नियामा भएको विशेष निर्वाचनमको मतको विषयलाई लिएर नाङ्गो रुपमा सडकमा ओर्लिएका थिए । क्यानडा र अष्ट्रेलियामा पनि शान्तिको नारा लिदै नाङ्गोरुपमा महिलापुरुषहरु देखिए ।
आखिर कसैको विरोध र कसैको र्समर्थनका लागि सडकमा नांगै ओर्लनर्ैपर्छ त - कुनै पनि कुराको विरोध या र्समर्थन गर्नु र दुनिया“को अगाडि स्तन र गुप्तांग पर््रदर्शन गर्नुबीचको सम्वन्ध के छ त - सायद यही नै कारण हो भनेर ठोकुवा गर्नुले कुनै अर्थ दिदैन किनभने नांगो शरीर भन्नेवित्तिकै यौनको कुरा उठ्छ र यौनका विषयमा भिन्न भिन्न दर्शन र मान्यताहरु विद्यमान छन् ।
आम बुझाइ के हो भने यौन मानवीय अभिरुचिको अत्यन्त प्राथमिकताको विषय हो र सबै मानिसहरु यसको चाहना गर्छन् । यौनजन्य विषयमा रुचि नराख्ने मानिस सायदै कम होलान् । खुल्लमखुल्ला नांगिनु भनेको सामाजिक मर्यादा तोड्नु हो भन्ने मान्यताले जरो गाडेको समाजमा नांगै हि“ड्नु अपाच्य व्यवहार हो । तर, नांगो मानिसलाई हर्ेन खोज्नु मानवीय कौतुहल पनि हो ।
मानवीय कोतुहलको फाइदा उठाउ“दै यस्ता विरोधकर्ता निर्वस्त्र सडकमा ओर्लन्छन् जसको प्रमुख उद्देश्य अरुको दृष्टि आफूहरुतिर तान्नु नै हुन्छ । नांगो शरीरसहित र्समर्थन वा विरोध गर्नु आफ्ना मुद्दा प्रचारबाजीको नौलो, अनौठो र प्रभावकारी शैली हो भन्ने बुझाइ यस्ता पर््रदर्शनकारीहरुको हुनसक्छ । उनीहरु आफ्ना मद्दाको प्रचार र प्रभावका लागि आफ्नो यौनजन्य अंगहरुलाई उपयुक्त माध्यम ठान्छन् । मानिस नांगै जन्मन्छ, नांगै खरानी हुन्छ, नांगो हुनु भनेको प्राकृतिक र अत्यन्त स्वाभाविक प्रक्रिया हो, त्यसैले र्सार्वजनिकरुपमा नांगिनेहरुविरुद्ध खनिनु बेकार छ भन्नेहरु पनि प्रशस्तै छन् ।
उनीहरुको तर्क छ, वस्त्रहीन भएर मानिसहरु खल्लारुपमा देखिनु न त जन्मजात खराबी हो न त अपराध नै । उनीहरुको विचारमा नाङगा विरोध ज्यादै साधारण, सिधै राजनीतिक र दार्शनिक क्रियाकलाप हुन् । यस्ता विरोधहरुले हाम्रो समाजको विसंगति र सरकारको भ्रष्ट कार्यलाई चुनौती दिइरहेको हुन्छ । नांगिनु भनेको साधारण मानव अभिव्यक्ति हो तर यसले धेरै महत्वपर्ूण्ा जटिलताहरुलाई उत्प्रेरति गररिहेको हुन्छ । कोही नांगिन्छ भने कसलाई आपत्ति - उनीहरु भन्छन् । नांगिनुलाई अपराध ठान्नु जातिवादलाइ प्रश्रय दिनु हो भन्ने उनीहरुको तर्क छ ।
नांगीनु अश्लीलताको एउटा रुपमा लिइन्छ । नांगो शरीर र अश्लीलतालाई जोडेर हर्ेर्नु व्यक्तिगत मान्यता होइन, यो संस्थागत मान्यता हो किनभने विश्वका कुनै पनि मुलुकले कुनै असामान्य परििस्थतिमा बाहेक नांगो पर््रदर्शनलाई अनुमति दिदैनन् । यौनप्रति लचिला बेलायत र अमेरकिा जस्ता देशमा त यसलाई अनुमति छैन भने अरु देशमा त झन र्सार्वजनिक निर्वस्त्रीकरण किन पाच्य हुन्थ्यो र -
नांगिन पाउनुपर्ने अधिकारका लागि लडिरहेका बेलायती नागरकि भिन्सेन्ट बेदेललाई धेरैपटक प्रहरीले गिरफ्तार गर्‍योे तर अदालतमा पनि नांगै जाने जिद्दी गरेपछि उनलाई फेर िथुनामा राखियो । बेदेल भन्छन्- मान्छे हुनु कुनै अपराध हैन, मलाई गिरफ्तार गरेर मानव हुने अधिकार उल्लंघन गरएिको छ ।
नांगिएर विरोध वा अपिल गर्ने नया“ अभ्यासको सिको गराउनुमा पेटा कार्यकर्ताको योगदानले ठूलै काम गर्‍योे । यसको सिको गर्ने क्रम संसारभर िबढ्दै छ । यौनमा खुल्न नसकेको नेपाल जस्तो देशमा समेत नांगिएर विरोध गर्ने संस्कार सुरु भएको छ । वादी समुदायका महिलाहरु अर्ध नग्न भएर विरोध गर्नुले पनि नग्नता र विरोधको सम्बन्धलाई उजागर गर्‍योे । नेपाली महिलावादीहरुको मत भने यस विषयमा भिन्न छ । उनीहरु भन्छन्- मानवीय सम्मानका लागि वादी महिलाले राखेका सामान्य मागप्रति पनि राज्यले कान थुनेकाले अर्धनग्न विरोध गरएिको हो, यसमा यौनिकताको कुरा गौण हुन्छ । विषयलाई जसरी पनि व्याख्या गर्न सकिन्छ तर पनि नग्नता र यौनलाई कुनै पनि
प्रकारले भिन्न भिन्न विषयका रुपमा हर्ेन मिल्दैन ।
नांगिनु भनेको विरोध वा र्समर्थनको तल्लो स्तर हो, यस बाहेक विरोधको कुने रुप बा“की रह“दैन, नग्नताविरोधीहरु भन्छन् । सेक्सप्रति विश्व उदार हु“दै जानुले पनि यस्तो प्रवृत्तिलाई बढावा दिएको हो भन्ने निष्कर्षनिकाल्न गाह्रो पर्दैन । तर, नांगिनुलाई विरोधको अन्तिम अस्त्रको रुपमा लिने प्रवत्ति बढ्दै जाने हो भने विरोध विषय प्रधानको साटो यौनप्रधान हुने सत्यलाई विर्सनु हु“दैन ।

Wednesday, March 11, 2009

Rose, Rainbow and Reality


How delicate may it be, rose too pains
sometimes, as westerly blizzard hits
Its sure one can be hypnotized
by a single rose, for single day
specifically at single moment
It may be true that
one can turn panic once rose fades
So, I gifted not a rose my valentine
I thought you own the dividend
what I thought belonging to mine
------ ------ -----
There was a crowd at the gift shop
in the morning as past years
The same crowd was promising
to keep loving to its valentine at mid day
And the very crowd was perceived at midnight
nowhere other than the rainbow light
of crowd bar with some other valentines
now, there was thrust rather than the love
the essence of love sobbed in my heart
It said me ' never complain
for not getting cards
from your valentine
afterall, find pulses of your dear
in the heart of thine
a complete rose that never fades'
-By Sandhya Sharma

उत्कर्षमा बाराक-मिसेल प्रेम



बाराकले आफ्नी प्रेमिका मिसेलको आखाँमा यसरी हेरे कि मानौ उनीहरुबीच भर्खरै प्रेम अंकुराएको हो र यसले अझै उचाइ लिदै छ । चुनावी अभियानको क्रममा आफ्ना र्समर्थकको माझ गरिएको चुम्बन र आलिंगनमा बाराक-मिसेलको राजनीतिक महत्वाकांक्षामात्र लुकेको थिएन, यसले विगत १६ वर्षदखि यी जोडिले व्यतित गरेका प्रेममय दिनहरुको पनि स्मरण पनि गराएको थियो । वास्तवमा बाराक-मिसेल प्रेम एउटा अनुकरणीय मौलिक अमेरिकी प्रेम बनेको छ ।



अहिले अमेरिकाको आशाका केन्द्रविन्दु बनेका राष्ट्रपती बाराक ओबामाका सफलताका सुत्रहरु धेरै होलान तर उनको प्रेम जीवन एउटा यस्तो पाटो हो जसले उनलाई सफलताको शिखर चुम्न हरदम प्रेरित गर्‍यो ।
ओबामाको रोमान्स १९८८ को स्प्रिङबाट सुरु भयो । सिड्ली अस्टीनको सिकागो ल र्फममा हार्भर्ड विश्वविद्यालयका ह्यान्डस विद्यार्थी बाराक समरको लागि काम गर्न आउदैछन् भन्ने समाचारले ल र्फममा एउटा तरङ ल्याएको थियो । नयाँ सहकर्मी कस्तो होला भन्ने कल्पना गर्दै मनमनै तरंगित हुने एक युवती मिसेल पनि थिइन् । कानुन व्यवसायीको रुपमा सिकागो ल र्फममै काम गर्ने मिसेलले बाराकको फोटो हेरिन र आफ्नो कौतुहलतालाई शिलत पारिन् । उनलाई लाग्यो-बाराक त्यती अम्याजिङ थिएनन् जती उनले आशा गरेकी थिइन् ।
भेटका प्रारम्भीक दिन सम्झदै मिसेल सम्झन्छन् ? बाराक त्यती डरलाग्दो थिएनन् उनीमा हास्यरस थियो र दयालु पनि थिए, जब मैले उनको नाम बाराक ओबामा हो भन्ने थाहा पाए, मलाइ अचम्म लाग्यो, कस्तो नाम होला यो ?
बाराक भर्खरै उक्त ल र्फममा आएका थिए । मिसेलले थाहा पाइन उनलाई बाराककै सल्लाहकारको रुपमा खटाइएको थियो । मिसेल भन्छिन्- बाराक यथार्तमा त्यती बोरिङ थिएनन जती उनी फोटोमा थिए । हार्भर्डको विद्यार्थी भन्ने वित्तिकै घमण्डी केटाहरुको तस्वीर मनमा लिने मिसेलले बाराकको व्यवहार त्यस्तो पाइनन् । त्यसपछिका दिनहरुमा बाराकले मिसेलमाथि आफ्नो प्रभाव जमाउँदै गए । उनको शब्दमा चार्म थियो र उनिभित्र दुखिहरुलाई सहयोग गर्ने विनम्र भावना थियो ।
बाराक र मिसेलको मन यसरी मिल्दै गयो कि जुन कुराले बाराकलाई हसाउँथ्यो, त्यही कुराले मिसेललाई पनि हसाउँथ्यो, जुन कुराले मिसेल दुखि हुन्थिन, त्यो कुराले बाराकलाई पनि दुखि बनाउँथ्यो । मिसले भन्छिन- म बास्तवमै मोहित भएको थिए, पहिलो कुराकानीपिछि नै हामी नियमति साथी भइसकेका थियौ ।
निकट मित्रताको फाइदा उठाउँदै बाराक एक कदम अगाडि सरे र मिसेललाई भने - म तिमीसँग डेटीङ जान चाहन्छु । हुदैन- मिसेलले धरै पटक भाउ खोजिन् । मिसलेकै भनाइअनुसार उनी डेटिङको लागि त्यती उत्साही थिइनन् रे त्यसैले बाराकको लागि डेटिङमा जान अरु नै जवान केटीहरु खोज्ने प्रयास उनले गरीन तर भविष्यका सिनेटर ओबामाले अरु केटीहरुसँग डेटिङ जान अस्वीकार गरिदिए । बाराकले सन् २००६ मा प्रकाशित पुस्तक दी अडेसिटी अफ होपमा लेखेका छन्- आखिरी उनलाई मैले आफ्नो बनाइछाडे ।
आखिर मिसेलमाथि बाराकले आफ्नो प्रभाव जमाइसकेका थिए, उनको पहिलो डेटिङ मात्र अस्वीकार भएको हो । तर यसको लागि उनले धेरै कर्ुर्नु परेन । उनीहरुको पहिलो डेटीङ आर्ट इन्स्िटच्युट अफ सिकागोमा दिउसोको समयमा भयो जहाँ उनीहरुले स्पाइक लीको चलचित्र "डु द राइट थिङ" हेरेका थिए । उनीहरु एउटा कुनामा बसे र बास्किन-रविन्स आइसक्रिम खाँदै पहिलो पटक एक अर्कालाइ चुम्बन गरे । बाराकले आफै लेखेका छन्- चुम्बन गर्नुअघि मैले मिसेलसँग अनुमति मागेको थिए । चुम्बन साच्चिकै मिठो थियो, चकलेटको स्वाद जस्तो ।
मिसेलले बास्केटबल प्रशिक्षक आफना दाजु क्रिग रविन्सनलाई आफुले बाराकलाई मन पराएको बताइन् । प्रिन्सटनका बास्केटबल स्टार रविन्सनले आफ्नो बहिनी कै आग्रहमा बाराकलाई बास्केटबल मैदानमा ओराले जुन बाराकको लागि एउटा परीक्षा पनि थियो । उनका अनुसार मिसेलका लागि बाराक उपयुक्त छन् कि छैनन् भन्ने परीक्षा थियो यो तर आत्मविस्वासी बाराकले यो परिक्षा सजिलै पास गरिदिए । यदी उनको प्रस्तुती नराम्रो भएको कसलाई के थाहा परिस्थिति के हुन्थ्यो- ठट्टा गर्दै रविन्सन भन्छन् ।
सम्बन्ध बढ्दै गए पनि विवाहको विषयमा बाराक स्पष्ट हुन पुरापुर दुइ वर्षलाग्यो । विवाह भन्ने कुरा आउट डेटेड इन्टिच्युसन हो भन्ने सोच पनि बाराकमा थियो र त्यो सोचलाई पराजय गर्न बाराकले दुइ वर्षलगाए जुन कुराले मिसेललाई दिक्क बनाएको थियो ।
भेट भएको चार वर्षछि १९९२ को अक्टोबर मा बाराक र मिसेल विवाह बन्धनमा बाँधिए । टि्रनिटी युनाइटेड चर्चमा विवाह सम्पन्न गरे लगत्तै हनिमुनको लागि यो जोडी क्यालीफर्ेर्निया किनारतर्फसोझिीयो । यो जोडिले त्यसपछिको समय आफ्नो करियरमा ब्यतित गर्‍यो । बाराकले आफुलाई यती व्यस्त राखे की घरपरिवारलाई समय दिन नसकेकोमा मिसेल निरास भइसकेकि थिइन् तर बाराकले सबै कुरालाई सन्तुलित पार्न सफल भए । अहिले त उनीहरुको प्रेमले आकास छोएको छ । बाराक अझै पनि बेला बेलामा आफ्ना दुइ छोरीहरुसँग नाच्छन र आफ्नी प्रिय मिसेललाई फुलको उपचार टक्र्ाइरहन्छन ।