Tuesday, June 16, 2009

पोर्नोसाइटको कुलत






के तपाईं पत्याउनुहुन्छ - कसैले वेबसाइटमा एक दिनमा १० हजार पेज पोर्नो साइट भिजिट गर्न सक्छ - अझ आफूले काम गर्ने कार्यालय समयमा - यौन जिज्ञासाले हो वा कुण्ठाले मानिसलाई यस्तो अवस्थासम्म पनि पुर्‍याउ"दो रहेछ । गत वर्षो मे महिनामा जापानमा एउटा यस्तो घटना भएको थियो । दक्षिणी जापानको किनोकावा सहरको एउटा कार्यालयमा काम गर्ने एक पुरुषले नौ महिनाको अवधिमा सात लाख ८० हजार वेव पेज हिट गरे र उनी कारबाहीमा परे ।


जब ती पुरुषले काम गर्ने कम्युटर भाइरसग्रस्त भए, उनका सुपरभाइजर र्सतर्क बने । ५७ वषर्ीय नाम नखुलाइएका उनलाई कारबाहीस्वरुप घटुवा गरियो र २० हजार जापानी येन तलब घटाइयो । एक दिन दर्ुइ दिन हु"दै कामको गति कम हु"दै गएपछि उनलाई निगरानीमा राख्न थालियो । अनुसन्धानपछि पत्ता लाग्यो कि काम गर्ने समयमा घन्टौं पार्नो साइट र्सर्फगर्दैमा उनको दिन व्यतित हुन्थ्यो ।

जुलाई महिनामा त उनको पोर्नो साइट सफिर्ङ यति उचाइमा पुग्यो कि उनले १ लाख ७७ हजार पटक पोर्नो साइट र्सर्फगरे, त्यो पनि कार्यालय समयमा । लत पुरानै भए पनि अलग अलग डेस्क भएका कारण सुरुमा उनको बानीबारे कसैले अनुमान गर्न सकेका थिएनन् । तर, उनको कम्युटर काम गर्न नसक्ने गरी भाइरसग्रस्त्ा भएपछि उनका सुपरभाजरहरुले कम्युटरमा ब्राउज हिस्ट्री हेरेपछि सबै खुलासा भयो ।


यो त र्सार्वजनिक भएको एउटा घटना हो, जसले विश्वमा बढिरहेको यौनसम्बन्धी बेवसाइट र्सर्फगर्ने लतको दृष्टान्त दिन्छ । सा"स्कृतिक रुपमा पश्चिमाभन्दा पर्ूर्वीय देशहरु यौन मामिलामा अलि अनुदार नै छन् । तर, यौन रुचिको अभीष्ट कुनै पनि रुपमा पूरा गर्न मानिसलाइ सामाजिक रुपमा स्थापित गरिएको वैचारिक बन्धनले रोक्दो रहेनछ । पश्चिमबाट पर्ूवतिर र्सर्दै आएको यो रोगले मध्यपर्ूव र एसियालाई ग्रस्त पारेको छ ।

पोर्नो साइटको प्रयोगले समाजलाई विसंगत बाटोतिर डोर्‍याएको भन्दै इजिप्टले पोर्नो साइटमाथि पर्ूण्ा प्रतिबन्ध लगाइसकेको छ । दक्षिण एसियाकै करा गर्ने हो भने पनि पाकिस्तानले सात वर्षगाडि नै यसको उन्मुलनको आवश्यकता देखिसकेको थियो ।


अश्लीलताविरुद्धको अभियानस्वरुप सन् २००३ मा नै पाकिस्तानले त्यस्ता साइट प्रतिबन्धित गरेको थियो, यद्यपि उसको यो निर्ण्र्ााधेरै नै आलोचित बन्न पुग्यो । रुढीवादी मुस्लिम समाजले नेटमा सूचना खोज्नबाट नागरिकलाई प्रतिबन्ध गरेको आरोप पाकिस्तान सरकारमाथि लाग्यो । त्यो बेला पाकिस्तानमा दस लाख मानिसहरुस"ग इन्टरनेटको पहु"च थियो ।

त्यसो त यौन मानवीय रुचि हो, यो रुचिलाई सम्बोधन गर्ने अपेक्षाका साथ भिटिटरहरु पोर्नो साइट ब्राउज गर्छन् भन्ने मान्यता सम्रगमा सत्य हो तर त्यसका कारणलाई अझ अंशमा हर्ेन सकिन्छ । अमेरिकामा गरिएको एक र्सर्वेक्षणको परिणामअनुसार ७२ प्रतिशतले यौन उत्तेजनालाई निकास दिन यस्ता साइट हर्ेर्ने बताएका थिए भने ६९ प्रतिशतले उत्तेजना सिर्जना यस्तो गरेको बताएका थिए ।


बा"कीमध्ये केहीलेे जिज्ञासा भनेका थिए भने कतियले वास्तविक जीवनबाट भाग्न आफूहरुले यस्ता साइट हर्ेर्ने बताएका थिए । बढ्दो पोर्नो सफिर्ङको उत्तरमा श्रीलंकाले पनि गएको वर्षपोर्नो साइटमाथि प्रतिबन्ध लगायो । पाकिस्तानलेे मोबाइलमा समेत यस्ता साइट होस्टिङ भए नभएकोबारे निगरानी गर्‍यो । अहिले भारतमा पनि पोर्नो साइटको प्रयोग यसरी बढेको छ कि त्यसको अनुमान गर्न पनि गाह्रो छ ।

पोर्नो साइटको प्रयोगका सर्न्दर्भमा सकारात्मक र नकारात्मक दुवै दृष्टिकोण विद्यमान छन् । कोही यसलाइ विकृति र नकारात्मक चिन्तनको स्रोतका रुपमा लिन्छन् भने कसैले यसको प्रयोगलाई सकारात्मक ठान्छन् । यस्ता साइटमाथि प्रतिबन्ध लगाउ"दा लुकिछिपी यसको प्रयोग झनै बढ्ने कतिपयको धारणा छ । तर, पोर्नो साइटप्रति बालबालिकामा बढ्दो चासोले भने उनीहरुको रचनात्मक सोचाइ र समयलाई अर्थविहीन बनाइरहेको सत्यप्रति सचेत हुनु जरुरी छ ।





यस्ता साइट प्रतिबन्ध गर्न कतिपय देशहरुले र्सच इन्जिनको सहयोग लिएका छन् भने इन्टरनेट सेवा प्रदायकस"गको सहकार्य र फिल्टर मसिनको प्रयोगबाट पनि यस्ता साइट ब्लक गरिएका छन् । जस्तो विङ र्सच इन्जिनले भारतमा पार्नो र्सचमा रोक लगाएको छ ।