Wednesday, April 15, 2009

१२ वर्षे बालबालिकाको यौनमोह



अमेरिकामा धरै स्कुले बालबालिकाहरुले १२ वर्ष हुनुअघि नै यौनसम्पर्कको अनुभव लिइसकेका हुन्छन् । युनिभर्सिटी अफ टेक्सास स्कुल अफ पब्लिक हेल्थले गरेको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो ।

टेक्सास स्कुल अफ पब्लिक हेल्थका व्यावहारिक विज्ञानका सहायक प्राध्यापक क्रिष्टिने मार्खमका अनुसार अमेरिकाका दक्षिण-पूर्वी शहरमा रहेका धरै विद्यालयहरुमा यो समस्या छ । बालबालिकाहरुमा कस्ता खालका यौनसमस्या छन् भन्ने परिक्षण गर्न र ती समस्यालाई निराकण कसरी गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन यो अनुसन्धान गरिएको थियो ।

मार्खमका अनुसार सात कक्षामा पढ्ने बालबालिकाहरुसमेत जोखिमपूर्ण यौनमा संलग्न छन् । अध्ययनमा स्कुले बालबालिकालाई कस्तो खालको यौन सम्बन्धमा संलग्न छन् भनी सोधिएको थियो । उनीहरु योनी र लिंगबाट हुने सीधा मौथुन, मुखमौथन वा गुुदद्वार मैथुन, कस्तो खालको यौनिक क्रियामा संलग्न थिए भन्नेबारे अध्ययन गरिएको थियो । अनुसन्धानले देखायो- १२ वर्षसम्म आइपुग्दा १२ प्रतिशत स्कुले बालबालिकाहरु योनी र लिंगबाट हुने सीधा मौथुनमा संलग्न भइसकेका थिए । ७.९ प्रतिशतले मुखमैथुनको अनुभव लिइसकेका थिए, ६.५ प्रतिशतले गुदद्वार मैथुन गरेका थिए भने ४ प्रतिशतले यी तीनै प्रकारको यौनको अनुभव बटुलिसकेका थिए ।

मार्खमको भनाइ छ ः यस्तो यौनसम्बन्ध एकदमै जोखिमपूर्ण छ किनभने १४ वर्षअघि नै यौनसम्बन्ध राख्नेहरुले जीवनमा धरै जनासँग यौनसम्पर्क राख्ने सम्भावना हुन्छ, यति मात्र हैन, उनीहरुको सम्पर्क असुरक्षित हुन्छ र लागुपदार्थ दुव्र्यसनको सम्भावना पनि त्यस्तै रहन्छ, बालिकाहरु गर्भवती बन्ने समेत सम्भावना हुन्छ र अन्य सरुवा यौनरोगको संक्रमण हुनसक्छ ।

अध्ययनका अनुसार योनी र गुदद्वारमा सम्भोग गर्ने विद्यार्थीहरु कण्डमको प्रयोग गर्दैनन् । एक चौथाइ विद्यार्थीहरु चार जनाभन्दा बढीसँग यौनसम्पर्क गर्छन् । तीन प्रकारकै यौन सम्पर्क गर्नेहरु पुरुष विद्यार्थीहरु रहेको र उनीहरुमध्ये धेरैजसो अफि्रिकि मूलका अमेरिकी भएको पनि अध्ययनले देखाएको छ ।

अमेरिकामा असुरक्षित यौनसम्पर्कको मात्रा व्यापक छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सनका अनुसार १५ देखि १९ वर्ष उमेर समूहका ८० प्रतिशत महिलाहरुमा अनिच्छिक गर्भ रहन्छ । त्यसैगरी धेरै किशोर किशोरीहरुमा गुदद्वार र मुखमौथुनबाट सरुवा यौनरोग लाग्दैन भन्ने भ्रम रहेको छ, जुन भ्रम हटाउन आवश्यक देखिएको छ ।


कम उमेरमा सेक्स गरे खतरा?
यौन सम्पर्क आवश्यक र स्वास्थ्यको लागि फाइदाजनक पनि छ तर एक अनुसन्धानले कतिपय अवस्थामा यो हानीकारक हुने पनि देखाएको छ । नयाा अनुसन्धानबाट पत्ता लागे अनुसार जसले जवान अवस्थामा बढी समय यौन सम्पर्क गर्छन, उनीहरुलाई क्यान्सरको खतरा हुन्छ, यद्यपि यो कुरा सत्यको रुपमा प्रमाणित भइसकेको छैन । क्याम्बि्रज युनिभर्सीटीका अनुसन्धानकर्ताहरुले खलासा गरेअनुसार २० देखि ३० वर्षको उमेरमा ज्यादा यौन सम्पर्क गर्ने वा हस्तमैथुन गर्नेहरुमा यो खतरा रहन्छ । अनुसन्धानकर्ताहरुका अनुसार सेक्सुअल हर्मोन क्यान्सर र क्यान्सरको विकास गर्ने टिस्युबीच सम्बन्ध हुन्छ । यसले क्यान्सरको सम्भावना बढाउाछ ।

(यो सामग्री लण्डनबाट प्रकाशति हुने युरोपको नेपाली पत्र साप्ताहिकका लागि तयार पारिएको हो)

Monday, April 6, 2009

एचआइभीको आगो


अफ्रिका जलिसक्यो,
अमेरिका पनि यही बाटो पछ्याउँदैछ


तस्वीरमा देखिएका यी मानिस जाम्बियाका हुन् । सायद उनी अव जीवनको अन्तिम पलहरु बिताउँदैछन् । उनी जीवनलाई बिसर्जन गर्नुअघि जाम्बियाकै एक अस्पतालमा दिनहरु काट्दैछन् । नुहाउन लगिंदै गरिएका यी व्यक्ति सव-सहारा अफ्रिकाका २ करोड २० लाख मानिसहरुमध्ये एक हुन्, जो उम्कनै नसक्ने गरी एचआइभी एड्सको विश्वव्यापी जालोमा परेका छन् ।



यी युवाको नाम सेभेलिनो बन्दा हो, लुसाकाको चुंगा चिहानस्थलमा एकाविहानै यी युवा चिहान खन्दै छन् । उनीजस्तै १ सय २६ मानिसहरु दिनदिनै यो चिहानस्थलमा मृत्युको खाडल खन्छन् । यहाँ दैनिक करिब ५० मृतकहरुको चिहान बनाइन्छ, जममध्ये धरै एचआइभी एड्सको कारणले मर्ने गर्छन् ।

जाम्बियाको लुकासा र आसपासका क्षेत्रहरु यौन व्यापारका लागि जक्सन नै बनेका छन् । मुख्य सडक छेउछाउमै युवतीहरु ट्रक ड्राइभरहरुको प्रतीक्षा गरेर बसिरहेका हुन्छन् । तस्वीरमा देखिएकी युवती ग्राहकलाई तान्ने मुडमा छिन् । यसरी हुने गरेका यौनसम्बन्ध सव-सहारा अफ्रिकाका लागि दुर्भाग्य बन्दै आएको छ । असुरक्षित यस्ता सम्बन्धहरुले एचआइभीको आगोमा पेट्रोल छर्किरहेका छन् ।


सन् १९८१ मा अमेरिकामा पहिलो पटक पहिचान भएको एचआइभी/एड्स अहिले संसारभरि डढेलोझंै फैलिँदैछ । साउथ सहारा अफ्रिकी देशहरु त एचआइभीको डढेलोबाट भष्म हुने दिशातर्फ उन्मुख छन् भने सभ्य भनिने अमेरिका पनि अफ्रिकाकै पाइला पछ्याउँदैछ ।

एचआइभी एड्सको अवस्था अफ्रिकाका लागि दुर्भाग्यपूर्ण नियति हो । अफ्रिकाका कतिपय कुनाहरुमा एड्स भन्ने शब्द नै प्रयोगमा छैन किनभने एड्सको शिकार हुनेहरु या त आफू केको कारणले मर्दैछु भन्नेबारे अनभिज्ञ रहन्छन् या त समाज यस विषयमा बोल्नै चाहँदैन । त्यसो त एचआइभी भाइरसले विश्वलाई नै बढारिरहेको छ, यसमा अपिmका अपवाद हुन सक्दैन तर अफ्रिका जुन नियतिको सामना गरिरहेको छ, त्यो अरु महादेशहरुले कम गरिरहेका छन् ।

सबसहारा अफ्रिकामा सन् २००७ को अन्त्यसम्म दुई करोड २० लाख मानिस एचआइभी संक्रमित भएर बाँचिरहेका थिए । एड्सबाट यो वर्ष मात्र करिब १५ लाख मानिसको मृत्यु भइसकेको छ भने १ करोड १६ लाख बालबालिकाहरु टुहुरा बनेका छन् । विश्वमा एड्सबाट हुने मृत्युमा दक्षिण अफ्रिकालेे सबैभन्दा ठूलो हिस्सा ओगट्छ, जहाँ अहिले ५७ लाख मानिस एचआइभी संक्रमित भएर बाँचिरहेका छन् ।

त्यसो त अमेरिकाबाटै एचआइभीको जीवाणु फेला परेको थियो तर अझै पनि धेरै अमेरिकीहरु एचआइभीलाई पराईहरुको रोग भन्ने ठान्छन् । आफूहरु सुरक्षित रहेको र संसारको कुनै निश्चित समूहलाई लाग्ने रोग हो भन्ने उनीहरु सम्झन्छन् । धरै अमेरिकीहरुलाई थाहा छैन- अमेरिकाको राजधानी बासिङ्टन डिसीलाई यो भाइसरले कसरी कब्जामा लिँदैछ भन्ने कुरा ।
एक तथ्यांकअनुसार, वासिङ्टन डिसीका कूल बासिन्दामध्ये तीन प्रतिशत एचआइभी/एड्स संक्रमित छन्, जुन अमेरिकाका सबै शहरहरुको भन्दा उच्च दर हो । एचआइभी प्रशासन निर्देशक सान् नन् हाडर भन्छन्- 'एचआइभीको दर वासिङ्टनमा बढ्दै छ, यस्तै हो भने पश्चिमी अफ्रिकालाइ यसले जिताउनेछ र युगाण्डा र केन्याका केही भागहरुमा भन्दा पनि बढी हुनेछ ।"

एक प्रतिवेदन अनुसार २००६ भन्दा २००७ मा एचआइभी संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । बासिङ्टनका संक्रमितमध्ये ७५ प्रतिशत अश्वेत छन् । एचआइभी/एड्स सङ्क्रमित हुनेहरु अधिकांश मध्य उमेर समूहका छन्, जसमध्ये सात प्रतिशत ४० देखि ४९, पाँच प्रतिशत ५० देखि ५९ र ७० प्रतिशत ४० वर्षभन्दा माथि उमेर समूहका रहेका छन् । अमेरिकीहरुमा धेरै जनासँग राखिने यौनसम्बन्धल एचआइभीको विस्तारमा सबैभन्दा बढी योगदान गरेको छ भने समलिंगी यौनसम्बन्ध र लागुपदार्थ दुव्र्यसनका क्रममा हुने जोखिमले पनि एचआइभी फैलन मद्दत पुर्‍याएको छ ।
एचआइभी जीवाणुले धेरै वासिङ्टनबासीलाई आक्रान्त पारेपछि त्यहाँको स्वास्थ्य विभाग आलोचित हुँदै आएको छ । यही आलोचनाको बीचमा विभागले युवाहरुको एचआइभी परीक्षण अभियान चलाएको छ भने १५ लाख कण्डम निःशुल्क वितरण गरेको छ । पछिल्ला प्रतिवेदनहरुबारे आफ्नो विचार राख्दै मेयर एडि्रयन फेन्टीले निर्वाचित अधिकारीहरु यस विषयमा सचेत हुनुपर्ने बताएका छन् । साथै उनले संक्रमणको दर घटाउन नागरिकको तहबाट भएको बेवास्ताप्रति दुःखेसो पनि व्यक्त गरेका छन् ।

'अल्पसंख्यक समुदायमा यसको असर उच्च छ, यो एकदमै चिन्ताजनक कुरा हो'- नेसनल इन्टिच्युट अफ हेल्थ प्रोग्रामका निदर्ेेशक एन्टोनी फाउसीको भनाइ छ । यो त स्वास्थ्यपरीक्षण गरिएकाहरुमा मात्र आधारित छ । कतिले त परीक्षण नै गराएका छैनन् । संक्रमणको दर अझै उच्च हुनसक्छ भन्नेतर्फ इन्टिच्युटले सचेत बनाएको छ ।

(यो सामग्री एजेन्सीहरुको सहयोगमा तयार पारेको हु । टोम स्टोडार्टले गेटी रिपोर्टेजका लागि खिचेका यस सामग्रीभित्र राखिएका तस्वीरहरु टाइम म्यागजिनको अनलाइन संस्करणबाट साभार गरिएका हुन्।)

Friday, April 3, 2009

नारी दिवस




- सानु घिमिरे




प्रत्येक बर्ष आउने
सडक सडकमा गर्जिने
रगत रगतमा प्रबाहित हुने
सभा सम्मेलनमा घन्किने
अनि कार्यपत्र बनेर थन्किने
मेरी नारी दिवस १
अब पर्ब मात्र होइन
मेरी दैनिकी भएर आऊ
म तिमी संगै त्तातिई रहेकी छु
तिमी संगै चिच्याई रहेकी छु
शिक्षा, स्वास्थ्य , सुरक्षा, अधिकार
र आर्थिक क्षेत्रमा समान पहुँचको लागी १
अर्को आबाज नेपथ्यमा रोइरहेकी छे
म बेचिन चाहन्न,
आबाज लर्बरिदैछ
घरेलु हिंसाबाट मुक्ति देऊ१
कलेजबाट निरन्तर आएको स्वर
रोजगारीको अबसर देऊ
आबाजै आबाजमा म हराइ रहेकी छु
तर तिमी संगै म कराइ रहेकी छु
हरेक क्षेत्रमा आरक्षण देऊ
आबाज अधिकार खोज्छ
निर्णायक तहमा हस्तक्षेप गरौ
चेतनाको लहर जाग्छ
बैबाहिक बलात्कार१
न्यायालय रुन्छ
सुरक्षीत गर्भपतन१
अज्ञानता भक्कानिन्छ
रोदनै रोदन बिच म उर्लिरह्न्छु
नारी दिवस १ म तिमी संगै कुर्लिरहन्छु


मुद्दाहरुको फेहरिस्तमा
ठमेल बोल्छे
यो मेरो बाध्यता हो१
अरब बाट सन्देश पठाउछे
यो मेरो गरीबी हो
अमेरिकामा लुकेका कथाहरु
ऑस्ट्रेलियामा दुखेका ब्यथाहरु
युरोपमा चोइटिएका सपनाहरु
यही दिनमा सुनिन पुग्छन
एउटै आबाजमा उनिन खोज्छन
अत्तालिएका आबाजहरुमा म पनि आत्तिन खोज्छु
तर नारी दिवस १ तिमी संगै म तात्तिन खोज्छु
सार्थक बनोस मेरी नारी दिवस
हात हात जोडन खोज्छु
मुटु मुटु जोडन खोज्छु
क्रंदन लाई गर्जन बनाएर
एउटै आबाज निकाल्न खोज्छु
नारी एकता जिंदाबाद !
महिला मुक्ति जिंदाबाद !!




(सानु घिमिरे अष्ट्रेलियामा पढ्दै छिन, उनले आम सन्चार र पत्रकारितामा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेकी छिन्, मैले चिने अनुसार उनी कोमल हृदयकी छिन तर कहिलेकाही एकदमै बोल्ड पनि छिन्)

नेपाली युवा जो आफ्नै देशमा पराइ छन्



विकास शेर्पा र उनका साथीहरु सिंगापुरबाट नेपाल फर्केको दुइ वर्षबितिसकेको छ तर उनीहरु अहिले पनि सिंगापुरे भाषा बोल्छन् र 'सिङ्लिस' गीत गुनगुनाउ"छन् । आफ्ना बाबुहरु सिंगापुरे प्रहरीको गोर्खा पल्टनमा सेवारत रह"दा यी टिनएजरहरु सिंगापुरमा जन्मिए र त्यहीं नै हर्ुर्किए । ४५ वर्षपुगेपछि अवकास लिनुपर्ने अनिवार्य प्रावधानपछि गोर्खा पल्टनका सदस्य र तिनका परविारहरु स्वदेश र्फकनर्ुपर्छ । यसै प्रावधानका कारण १८ वषर्ीय विकास शर्ेपाजस्ता टीनएजरहरु पनि नेपाल र्फकनर्ुपर्छ तर उनीहरुका लागि आफ्नै देशमा घुलमिल हुन गाह्रो पर्छ ।


'मलाई लाग्थ्यो, म सिंगापुर छाड्न तयार थिए", तर काठमाडांैको नया" जीवनका लागि आपूलाई तयार पारसिकेको छैन', विकास भन्छन् । काठमाडांैका लागि उनहीहरु नौला छन् । नव आगन्तुकको रुपमा उनीहरुले सबैभन्दा पहिले काठमाडांैको प्रदूषणस"ग बानी पर्नुपर्छ र हाइजेनिक खानामा गिरावट ल्याउनर्ुपर्छ । यति मात्र होइन, उनीहरुलाई भाषाको पनि समस्या छ । उनीहरु नेपालीजस्ता नै देखिन्छन् तर राम्रोस"ग नेपाली बोल्न आउ"दैन, यसले गर्दा पसलेहरुले पनि उनीहरुलाई विदेशीको जस्तो व्यवहार गर्छन् र उनीहरु ठगिन्छन् ।

एकाएक साथीभाइबाट छुटि्टदा र परििचत वातावरणबाट टाढा रह"दा काठमाडांैमा उनीहरुको जीवन जटील बनेको छ । १९ वषर्ीय दिनो गुरुङ यतिबेला असहज महसुस गररिहेका छन् । आफ्नी सिंगापुरे मायालुसाग च्याटमा कुरा गरेर र इमेल लेखेर उनले समय विताइरहेका छन् । गएको जनवरीमा उनी दर्ुइ हप्ताको लागि सिंगापुर गएका थिए जहा" उनी आफ्नी गर्ल पmेन्डस"ग रहे र आफूलाई मनपर्ने सिंगापुरको लोकप्रिय समुद्री किनार इस्ट कोस्ट पार्कमा समय बिताए ।

१९ वषर्ीया सुजिता गुरुङको अवस्था पनि त्यस्तै छ । उनी भन्छिन,् 'मेरो लागि पहिलो दर्ुइ महिना अति कठिन थिए, त्यो समय मलाई साह्रै दिक्क लाग्यो ।' बुबाआमालाई लाग्यो, नया" वातावरणमा छोरी खराब संगतमा पर्नसक्छे, त्यसैले उनलाई पहिलो एक महिनामा साथीभाइस"ग घरबाहिर जाने अनुमति पनि दिइएन ।

सुजिताका साथीहरु अहिले काठमाडांैंका विभिन्न कलेजहरुमा ए लेभल पढ् दैछन् । तर विद्यालयमा पनि उनीहरुलाइ फरक दृष्टिकोणले हेरन्िछ । विदेशको सहज जीवनशैलीका कारण पढाइमा ध्यान नदिने ब्रि्रेका केटाकेटीको रुपमा आफूहरुलाई व्यवहार गरनिे उनीहरु बताउ"छन् । सिंगापुरमा ओ लेभलमा प्रतिष्पर्धा गरेर त्यही नै उच्च अध्ययन गर्ने सोच बनाए पनि उनीहरु नेपाल र्फकनर्ुपर्छ । बुबाहरुको अवकास"गै उनीहरु नेपाल र्फकनुपर्ने हुन्छ ।

'तर स्वदेश पर्कनुअघि हामीलाई कम्तीमा पढाइ सिध्याउन सिंगापुर सरकारले अनुमति दिनर्ुपर्छ', सुजिताको माग छ । नेपालीहरुले पढाइ र अतिरत्तिm कृयाकलापमा राम्रै गरेर देखाएका छन् । उमेश रानाले त्यहा"को युवा मिलिटरी कोर्पको स्टाफ र्सर्जेन्टको रुपमा काम गरसिकेका थिए भने मिलनको पोषाकमा अहिलेसम्म सिंगापुरमा काम गर्दा कमाएको ब्याच झुन्डिएको छ ।
बुबाहरुको अवकासपछि सिंगापुर बस्न नपाउ"दा उनीहरु निरास भएका छन् तर सिंगापुरे जीवनको रमाइलो अनुभव स"गालेर उनीहरु बसिरहेका छन् । सिंगापुरको खानाको सम्झनाले उनीहरुलाई उत्तेजित बनाउ"छ । रमेश पुनले भने, 'नेपाल आउनुअघि सिंगापुरमा अन्तिम पटक घुमंे र मनपर्ने परकिार खाए" ।


(यो फिचर चोङ जी लाङले लेखेका हुन् जुन नेपाली टाइम्सको २७ मार्च अंकमा छापिएको थियो । फिचर मन परेकोले नेपालीमा उल्था गर्ने दुस्साहस गरेको हु । स्केच चाँही रबीनले बनाएका हुन, जुन पत्रिकामा प्रकाशीत फोटोलाइ मिसमास गरिएर बनाइएको हो )