Wednesday, March 11, 2009

उत्कर्षमा बाराक-मिसेल प्रेम



बाराकले आफ्नी प्रेमिका मिसेलको आखाँमा यसरी हेरे कि मानौ उनीहरुबीच भर्खरै प्रेम अंकुराएको हो र यसले अझै उचाइ लिदै छ । चुनावी अभियानको क्रममा आफ्ना र्समर्थकको माझ गरिएको चुम्बन र आलिंगनमा बाराक-मिसेलको राजनीतिक महत्वाकांक्षामात्र लुकेको थिएन, यसले विगत १६ वर्षदखि यी जोडिले व्यतित गरेका प्रेममय दिनहरुको पनि स्मरण पनि गराएको थियो । वास्तवमा बाराक-मिसेल प्रेम एउटा अनुकरणीय मौलिक अमेरिकी प्रेम बनेको छ ।



अहिले अमेरिकाको आशाका केन्द्रविन्दु बनेका राष्ट्रपती बाराक ओबामाका सफलताका सुत्रहरु धेरै होलान तर उनको प्रेम जीवन एउटा यस्तो पाटो हो जसले उनलाई सफलताको शिखर चुम्न हरदम प्रेरित गर्‍यो ।
ओबामाको रोमान्स १९८८ को स्प्रिङबाट सुरु भयो । सिड्ली अस्टीनको सिकागो ल र्फममा हार्भर्ड विश्वविद्यालयका ह्यान्डस विद्यार्थी बाराक समरको लागि काम गर्न आउदैछन् भन्ने समाचारले ल र्फममा एउटा तरङ ल्याएको थियो । नयाँ सहकर्मी कस्तो होला भन्ने कल्पना गर्दै मनमनै तरंगित हुने एक युवती मिसेल पनि थिइन् । कानुन व्यवसायीको रुपमा सिकागो ल र्फममै काम गर्ने मिसेलले बाराकको फोटो हेरिन र आफ्नो कौतुहलतालाई शिलत पारिन् । उनलाई लाग्यो-बाराक त्यती अम्याजिङ थिएनन् जती उनले आशा गरेकी थिइन् ।
भेटका प्रारम्भीक दिन सम्झदै मिसेल सम्झन्छन् ? बाराक त्यती डरलाग्दो थिएनन् उनीमा हास्यरस थियो र दयालु पनि थिए, जब मैले उनको नाम बाराक ओबामा हो भन्ने थाहा पाए, मलाइ अचम्म लाग्यो, कस्तो नाम होला यो ?
बाराक भर्खरै उक्त ल र्फममा आएका थिए । मिसेलले थाहा पाइन उनलाई बाराककै सल्लाहकारको रुपमा खटाइएको थियो । मिसेल भन्छिन्- बाराक यथार्तमा त्यती बोरिङ थिएनन जती उनी फोटोमा थिए । हार्भर्डको विद्यार्थी भन्ने वित्तिकै घमण्डी केटाहरुको तस्वीर मनमा लिने मिसेलले बाराकको व्यवहार त्यस्तो पाइनन् । त्यसपछिका दिनहरुमा बाराकले मिसेलमाथि आफ्नो प्रभाव जमाउँदै गए । उनको शब्दमा चार्म थियो र उनिभित्र दुखिहरुलाई सहयोग गर्ने विनम्र भावना थियो ।
बाराक र मिसेलको मन यसरी मिल्दै गयो कि जुन कुराले बाराकलाई हसाउँथ्यो, त्यही कुराले मिसेललाई पनि हसाउँथ्यो, जुन कुराले मिसेल दुखि हुन्थिन, त्यो कुराले बाराकलाई पनि दुखि बनाउँथ्यो । मिसले भन्छिन- म बास्तवमै मोहित भएको थिए, पहिलो कुराकानीपिछि नै हामी नियमति साथी भइसकेका थियौ ।
निकट मित्रताको फाइदा उठाउँदै बाराक एक कदम अगाडि सरे र मिसेललाई भने - म तिमीसँग डेटीङ जान चाहन्छु । हुदैन- मिसेलले धरै पटक भाउ खोजिन् । मिसलेकै भनाइअनुसार उनी डेटिङको लागि त्यती उत्साही थिइनन् रे त्यसैले बाराकको लागि डेटिङमा जान अरु नै जवान केटीहरु खोज्ने प्रयास उनले गरीन तर भविष्यका सिनेटर ओबामाले अरु केटीहरुसँग डेटिङ जान अस्वीकार गरिदिए । बाराकले सन् २००६ मा प्रकाशित पुस्तक दी अडेसिटी अफ होपमा लेखेका छन्- आखिरी उनलाई मैले आफ्नो बनाइछाडे ।
आखिर मिसेलमाथि बाराकले आफ्नो प्रभाव जमाइसकेका थिए, उनको पहिलो डेटिङ मात्र अस्वीकार भएको हो । तर यसको लागि उनले धेरै कर्ुर्नु परेन । उनीहरुको पहिलो डेटीङ आर्ट इन्स्िटच्युट अफ सिकागोमा दिउसोको समयमा भयो जहाँ उनीहरुले स्पाइक लीको चलचित्र "डु द राइट थिङ" हेरेका थिए । उनीहरु एउटा कुनामा बसे र बास्किन-रविन्स आइसक्रिम खाँदै पहिलो पटक एक अर्कालाइ चुम्बन गरे । बाराकले आफै लेखेका छन्- चुम्बन गर्नुअघि मैले मिसेलसँग अनुमति मागेको थिए । चुम्बन साच्चिकै मिठो थियो, चकलेटको स्वाद जस्तो ।
मिसेलले बास्केटबल प्रशिक्षक आफना दाजु क्रिग रविन्सनलाई आफुले बाराकलाई मन पराएको बताइन् । प्रिन्सटनका बास्केटबल स्टार रविन्सनले आफ्नो बहिनी कै आग्रहमा बाराकलाई बास्केटबल मैदानमा ओराले जुन बाराकको लागि एउटा परीक्षा पनि थियो । उनका अनुसार मिसेलका लागि बाराक उपयुक्त छन् कि छैनन् भन्ने परीक्षा थियो यो तर आत्मविस्वासी बाराकले यो परिक्षा सजिलै पास गरिदिए । यदी उनको प्रस्तुती नराम्रो भएको कसलाई के थाहा परिस्थिति के हुन्थ्यो- ठट्टा गर्दै रविन्सन भन्छन् ।
सम्बन्ध बढ्दै गए पनि विवाहको विषयमा बाराक स्पष्ट हुन पुरापुर दुइ वर्षलाग्यो । विवाह भन्ने कुरा आउट डेटेड इन्टिच्युसन हो भन्ने सोच पनि बाराकमा थियो र त्यो सोचलाई पराजय गर्न बाराकले दुइ वर्षलगाए जुन कुराले मिसेललाई दिक्क बनाएको थियो ।
भेट भएको चार वर्षछि १९९२ को अक्टोबर मा बाराक र मिसेल विवाह बन्धनमा बाँधिए । टि्रनिटी युनाइटेड चर्चमा विवाह सम्पन्न गरे लगत्तै हनिमुनको लागि यो जोडी क्यालीफर्ेर्निया किनारतर्फसोझिीयो । यो जोडिले त्यसपछिको समय आफ्नो करियरमा ब्यतित गर्‍यो । बाराकले आफुलाई यती व्यस्त राखे की घरपरिवारलाई समय दिन नसकेकोमा मिसेल निरास भइसकेकि थिइन् तर बाराकले सबै कुरालाई सन्तुलित पार्न सफल भए । अहिले त उनीहरुको प्रेमले आकास छोएको छ । बाराक अझै पनि बेला बेलामा आफ्ना दुइ छोरीहरुसँग नाच्छन र आफ्नी प्रिय मिसेललाई फुलको उपचार टक्र्ाइरहन्छन ।

No comments:

Post a Comment