Tuesday, June 16, 2009

पोर्नोसाइटको कुलत






के तपाईं पत्याउनुहुन्छ - कसैले वेबसाइटमा एक दिनमा १० हजार पेज पोर्नो साइट भिजिट गर्न सक्छ - अझ आफूले काम गर्ने कार्यालय समयमा - यौन जिज्ञासाले हो वा कुण्ठाले मानिसलाई यस्तो अवस्थासम्म पनि पुर्‍याउ"दो रहेछ । गत वर्षो मे महिनामा जापानमा एउटा यस्तो घटना भएको थियो । दक्षिणी जापानको किनोकावा सहरको एउटा कार्यालयमा काम गर्ने एक पुरुषले नौ महिनाको अवधिमा सात लाख ८० हजार वेव पेज हिट गरे र उनी कारबाहीमा परे ।


जब ती पुरुषले काम गर्ने कम्युटर भाइरसग्रस्त भए, उनका सुपरभाइजर र्सतर्क बने । ५७ वषर्ीय नाम नखुलाइएका उनलाई कारबाहीस्वरुप घटुवा गरियो र २० हजार जापानी येन तलब घटाइयो । एक दिन दर्ुइ दिन हु"दै कामको गति कम हु"दै गएपछि उनलाई निगरानीमा राख्न थालियो । अनुसन्धानपछि पत्ता लाग्यो कि काम गर्ने समयमा घन्टौं पार्नो साइट र्सर्फगर्दैमा उनको दिन व्यतित हुन्थ्यो ।

जुलाई महिनामा त उनको पोर्नो साइट सफिर्ङ यति उचाइमा पुग्यो कि उनले १ लाख ७७ हजार पटक पोर्नो साइट र्सर्फगरे, त्यो पनि कार्यालय समयमा । लत पुरानै भए पनि अलग अलग डेस्क भएका कारण सुरुमा उनको बानीबारे कसैले अनुमान गर्न सकेका थिएनन् । तर, उनको कम्युटर काम गर्न नसक्ने गरी भाइरसग्रस्त्ा भएपछि उनका सुपरभाजरहरुले कम्युटरमा ब्राउज हिस्ट्री हेरेपछि सबै खुलासा भयो ।


यो त र्सार्वजनिक भएको एउटा घटना हो, जसले विश्वमा बढिरहेको यौनसम्बन्धी बेवसाइट र्सर्फगर्ने लतको दृष्टान्त दिन्छ । सा"स्कृतिक रुपमा पश्चिमाभन्दा पर्ूर्वीय देशहरु यौन मामिलामा अलि अनुदार नै छन् । तर, यौन रुचिको अभीष्ट कुनै पनि रुपमा पूरा गर्न मानिसलाइ सामाजिक रुपमा स्थापित गरिएको वैचारिक बन्धनले रोक्दो रहेनछ । पश्चिमबाट पर्ूवतिर र्सर्दै आएको यो रोगले मध्यपर्ूव र एसियालाई ग्रस्त पारेको छ ।

पोर्नो साइटको प्रयोगले समाजलाई विसंगत बाटोतिर डोर्‍याएको भन्दै इजिप्टले पोर्नो साइटमाथि पर्ूण्ा प्रतिबन्ध लगाइसकेको छ । दक्षिण एसियाकै करा गर्ने हो भने पनि पाकिस्तानले सात वर्षगाडि नै यसको उन्मुलनको आवश्यकता देखिसकेको थियो ।


अश्लीलताविरुद्धको अभियानस्वरुप सन् २००३ मा नै पाकिस्तानले त्यस्ता साइट प्रतिबन्धित गरेको थियो, यद्यपि उसको यो निर्ण्र्ााधेरै नै आलोचित बन्न पुग्यो । रुढीवादी मुस्लिम समाजले नेटमा सूचना खोज्नबाट नागरिकलाई प्रतिबन्ध गरेको आरोप पाकिस्तान सरकारमाथि लाग्यो । त्यो बेला पाकिस्तानमा दस लाख मानिसहरुस"ग इन्टरनेटको पहु"च थियो ।

त्यसो त यौन मानवीय रुचि हो, यो रुचिलाई सम्बोधन गर्ने अपेक्षाका साथ भिटिटरहरु पोर्नो साइट ब्राउज गर्छन् भन्ने मान्यता सम्रगमा सत्य हो तर त्यसका कारणलाई अझ अंशमा हर्ेन सकिन्छ । अमेरिकामा गरिएको एक र्सर्वेक्षणको परिणामअनुसार ७२ प्रतिशतले यौन उत्तेजनालाई निकास दिन यस्ता साइट हर्ेर्ने बताएका थिए भने ६९ प्रतिशतले उत्तेजना सिर्जना यस्तो गरेको बताएका थिए ।


बा"कीमध्ये केहीलेे जिज्ञासा भनेका थिए भने कतियले वास्तविक जीवनबाट भाग्न आफूहरुले यस्ता साइट हर्ेर्ने बताएका थिए । बढ्दो पोर्नो सफिर्ङको उत्तरमा श्रीलंकाले पनि गएको वर्षपोर्नो साइटमाथि प्रतिबन्ध लगायो । पाकिस्तानलेे मोबाइलमा समेत यस्ता साइट होस्टिङ भए नभएकोबारे निगरानी गर्‍यो । अहिले भारतमा पनि पोर्नो साइटको प्रयोग यसरी बढेको छ कि त्यसको अनुमान गर्न पनि गाह्रो छ ।

पोर्नो साइटको प्रयोगका सर्न्दर्भमा सकारात्मक र नकारात्मक दुवै दृष्टिकोण विद्यमान छन् । कोही यसलाइ विकृति र नकारात्मक चिन्तनको स्रोतका रुपमा लिन्छन् भने कसैले यसको प्रयोगलाई सकारात्मक ठान्छन् । यस्ता साइटमाथि प्रतिबन्ध लगाउ"दा लुकिछिपी यसको प्रयोग झनै बढ्ने कतिपयको धारणा छ । तर, पोर्नो साइटप्रति बालबालिकामा बढ्दो चासोले भने उनीहरुको रचनात्मक सोचाइ र समयलाई अर्थविहीन बनाइरहेको सत्यप्रति सचेत हुनु जरुरी छ ।





यस्ता साइट प्रतिबन्ध गर्न कतिपय देशहरुले र्सच इन्जिनको सहयोग लिएका छन् भने इन्टरनेट सेवा प्रदायकस"गको सहकार्य र फिल्टर मसिनको प्रयोगबाट पनि यस्ता साइट ब्लक गरिएका छन् । जस्तो विङ र्सच इन्जिनले भारतमा पार्नो र्सचमा रोक लगाएको छ ।

Wednesday, April 15, 2009

१२ वर्षे बालबालिकाको यौनमोह



अमेरिकामा धरै स्कुले बालबालिकाहरुले १२ वर्ष हुनुअघि नै यौनसम्पर्कको अनुभव लिइसकेका हुन्छन् । युनिभर्सिटी अफ टेक्सास स्कुल अफ पब्लिक हेल्थले गरेको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो ।

टेक्सास स्कुल अफ पब्लिक हेल्थका व्यावहारिक विज्ञानका सहायक प्राध्यापक क्रिष्टिने मार्खमका अनुसार अमेरिकाका दक्षिण-पूर्वी शहरमा रहेका धरै विद्यालयहरुमा यो समस्या छ । बालबालिकाहरुमा कस्ता खालका यौनसमस्या छन् भन्ने परिक्षण गर्न र ती समस्यालाई निराकण कसरी गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन यो अनुसन्धान गरिएको थियो ।

मार्खमका अनुसार सात कक्षामा पढ्ने बालबालिकाहरुसमेत जोखिमपूर्ण यौनमा संलग्न छन् । अध्ययनमा स्कुले बालबालिकालाई कस्तो खालको यौन सम्बन्धमा संलग्न छन् भनी सोधिएको थियो । उनीहरु योनी र लिंगबाट हुने सीधा मौथुन, मुखमौथन वा गुुदद्वार मैथुन, कस्तो खालको यौनिक क्रियामा संलग्न थिए भन्नेबारे अध्ययन गरिएको थियो । अनुसन्धानले देखायो- १२ वर्षसम्म आइपुग्दा १२ प्रतिशत स्कुले बालबालिकाहरु योनी र लिंगबाट हुने सीधा मौथुनमा संलग्न भइसकेका थिए । ७.९ प्रतिशतले मुखमैथुनको अनुभव लिइसकेका थिए, ६.५ प्रतिशतले गुदद्वार मैथुन गरेका थिए भने ४ प्रतिशतले यी तीनै प्रकारको यौनको अनुभव बटुलिसकेका थिए ।

मार्खमको भनाइ छ ः यस्तो यौनसम्बन्ध एकदमै जोखिमपूर्ण छ किनभने १४ वर्षअघि नै यौनसम्बन्ध राख्नेहरुले जीवनमा धरै जनासँग यौनसम्पर्क राख्ने सम्भावना हुन्छ, यति मात्र हैन, उनीहरुको सम्पर्क असुरक्षित हुन्छ र लागुपदार्थ दुव्र्यसनको सम्भावना पनि त्यस्तै रहन्छ, बालिकाहरु गर्भवती बन्ने समेत सम्भावना हुन्छ र अन्य सरुवा यौनरोगको संक्रमण हुनसक्छ ।

अध्ययनका अनुसार योनी र गुदद्वारमा सम्भोग गर्ने विद्यार्थीहरु कण्डमको प्रयोग गर्दैनन् । एक चौथाइ विद्यार्थीहरु चार जनाभन्दा बढीसँग यौनसम्पर्क गर्छन् । तीन प्रकारकै यौन सम्पर्क गर्नेहरु पुरुष विद्यार्थीहरु रहेको र उनीहरुमध्ये धेरैजसो अफि्रिकि मूलका अमेरिकी भएको पनि अध्ययनले देखाएको छ ।

अमेरिकामा असुरक्षित यौनसम्पर्कको मात्रा व्यापक छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सनका अनुसार १५ देखि १९ वर्ष उमेर समूहका ८० प्रतिशत महिलाहरुमा अनिच्छिक गर्भ रहन्छ । त्यसैगरी धेरै किशोर किशोरीहरुमा गुदद्वार र मुखमौथुनबाट सरुवा यौनरोग लाग्दैन भन्ने भ्रम रहेको छ, जुन भ्रम हटाउन आवश्यक देखिएको छ ।


कम उमेरमा सेक्स गरे खतरा?
यौन सम्पर्क आवश्यक र स्वास्थ्यको लागि फाइदाजनक पनि छ तर एक अनुसन्धानले कतिपय अवस्थामा यो हानीकारक हुने पनि देखाएको छ । नयाा अनुसन्धानबाट पत्ता लागे अनुसार जसले जवान अवस्थामा बढी समय यौन सम्पर्क गर्छन, उनीहरुलाई क्यान्सरको खतरा हुन्छ, यद्यपि यो कुरा सत्यको रुपमा प्रमाणित भइसकेको छैन । क्याम्बि्रज युनिभर्सीटीका अनुसन्धानकर्ताहरुले खलासा गरेअनुसार २० देखि ३० वर्षको उमेरमा ज्यादा यौन सम्पर्क गर्ने वा हस्तमैथुन गर्नेहरुमा यो खतरा रहन्छ । अनुसन्धानकर्ताहरुका अनुसार सेक्सुअल हर्मोन क्यान्सर र क्यान्सरको विकास गर्ने टिस्युबीच सम्बन्ध हुन्छ । यसले क्यान्सरको सम्भावना बढाउाछ ।

(यो सामग्री लण्डनबाट प्रकाशति हुने युरोपको नेपाली पत्र साप्ताहिकका लागि तयार पारिएको हो)

Monday, April 6, 2009

एचआइभीको आगो


अफ्रिका जलिसक्यो,
अमेरिका पनि यही बाटो पछ्याउँदैछ


तस्वीरमा देखिएका यी मानिस जाम्बियाका हुन् । सायद उनी अव जीवनको अन्तिम पलहरु बिताउँदैछन् । उनी जीवनलाई बिसर्जन गर्नुअघि जाम्बियाकै एक अस्पतालमा दिनहरु काट्दैछन् । नुहाउन लगिंदै गरिएका यी व्यक्ति सव-सहारा अफ्रिकाका २ करोड २० लाख मानिसहरुमध्ये एक हुन्, जो उम्कनै नसक्ने गरी एचआइभी एड्सको विश्वव्यापी जालोमा परेका छन् ।



यी युवाको नाम सेभेलिनो बन्दा हो, लुसाकाको चुंगा चिहानस्थलमा एकाविहानै यी युवा चिहान खन्दै छन् । उनीजस्तै १ सय २६ मानिसहरु दिनदिनै यो चिहानस्थलमा मृत्युको खाडल खन्छन् । यहाँ दैनिक करिब ५० मृतकहरुको चिहान बनाइन्छ, जममध्ये धरै एचआइभी एड्सको कारणले मर्ने गर्छन् ।

जाम्बियाको लुकासा र आसपासका क्षेत्रहरु यौन व्यापारका लागि जक्सन नै बनेका छन् । मुख्य सडक छेउछाउमै युवतीहरु ट्रक ड्राइभरहरुको प्रतीक्षा गरेर बसिरहेका हुन्छन् । तस्वीरमा देखिएकी युवती ग्राहकलाई तान्ने मुडमा छिन् । यसरी हुने गरेका यौनसम्बन्ध सव-सहारा अफ्रिकाका लागि दुर्भाग्य बन्दै आएको छ । असुरक्षित यस्ता सम्बन्धहरुले एचआइभीको आगोमा पेट्रोल छर्किरहेका छन् ।


सन् १९८१ मा अमेरिकामा पहिलो पटक पहिचान भएको एचआइभी/एड्स अहिले संसारभरि डढेलोझंै फैलिँदैछ । साउथ सहारा अफ्रिकी देशहरु त एचआइभीको डढेलोबाट भष्म हुने दिशातर्फ उन्मुख छन् भने सभ्य भनिने अमेरिका पनि अफ्रिकाकै पाइला पछ्याउँदैछ ।

एचआइभी एड्सको अवस्था अफ्रिकाका लागि दुर्भाग्यपूर्ण नियति हो । अफ्रिकाका कतिपय कुनाहरुमा एड्स भन्ने शब्द नै प्रयोगमा छैन किनभने एड्सको शिकार हुनेहरु या त आफू केको कारणले मर्दैछु भन्नेबारे अनभिज्ञ रहन्छन् या त समाज यस विषयमा बोल्नै चाहँदैन । त्यसो त एचआइभी भाइरसले विश्वलाई नै बढारिरहेको छ, यसमा अपिmका अपवाद हुन सक्दैन तर अफ्रिका जुन नियतिको सामना गरिरहेको छ, त्यो अरु महादेशहरुले कम गरिरहेका छन् ।

सबसहारा अफ्रिकामा सन् २००७ को अन्त्यसम्म दुई करोड २० लाख मानिस एचआइभी संक्रमित भएर बाँचिरहेका थिए । एड्सबाट यो वर्ष मात्र करिब १५ लाख मानिसको मृत्यु भइसकेको छ भने १ करोड १६ लाख बालबालिकाहरु टुहुरा बनेका छन् । विश्वमा एड्सबाट हुने मृत्युमा दक्षिण अफ्रिकालेे सबैभन्दा ठूलो हिस्सा ओगट्छ, जहाँ अहिले ५७ लाख मानिस एचआइभी संक्रमित भएर बाँचिरहेका छन् ।

त्यसो त अमेरिकाबाटै एचआइभीको जीवाणु फेला परेको थियो तर अझै पनि धेरै अमेरिकीहरु एचआइभीलाई पराईहरुको रोग भन्ने ठान्छन् । आफूहरु सुरक्षित रहेको र संसारको कुनै निश्चित समूहलाई लाग्ने रोग हो भन्ने उनीहरु सम्झन्छन् । धरै अमेरिकीहरुलाई थाहा छैन- अमेरिकाको राजधानी बासिङ्टन डिसीलाई यो भाइसरले कसरी कब्जामा लिँदैछ भन्ने कुरा ।
एक तथ्यांकअनुसार, वासिङ्टन डिसीका कूल बासिन्दामध्ये तीन प्रतिशत एचआइभी/एड्स संक्रमित छन्, जुन अमेरिकाका सबै शहरहरुको भन्दा उच्च दर हो । एचआइभी प्रशासन निर्देशक सान् नन् हाडर भन्छन्- 'एचआइभीको दर वासिङ्टनमा बढ्दै छ, यस्तै हो भने पश्चिमी अफ्रिकालाइ यसले जिताउनेछ र युगाण्डा र केन्याका केही भागहरुमा भन्दा पनि बढी हुनेछ ।"

एक प्रतिवेदन अनुसार २००६ भन्दा २००७ मा एचआइभी संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । बासिङ्टनका संक्रमितमध्ये ७५ प्रतिशत अश्वेत छन् । एचआइभी/एड्स सङ्क्रमित हुनेहरु अधिकांश मध्य उमेर समूहका छन्, जसमध्ये सात प्रतिशत ४० देखि ४९, पाँच प्रतिशत ५० देखि ५९ र ७० प्रतिशत ४० वर्षभन्दा माथि उमेर समूहका रहेका छन् । अमेरिकीहरुमा धेरै जनासँग राखिने यौनसम्बन्धल एचआइभीको विस्तारमा सबैभन्दा बढी योगदान गरेको छ भने समलिंगी यौनसम्बन्ध र लागुपदार्थ दुव्र्यसनका क्रममा हुने जोखिमले पनि एचआइभी फैलन मद्दत पुर्‍याएको छ ।
एचआइभी जीवाणुले धेरै वासिङ्टनबासीलाई आक्रान्त पारेपछि त्यहाँको स्वास्थ्य विभाग आलोचित हुँदै आएको छ । यही आलोचनाको बीचमा विभागले युवाहरुको एचआइभी परीक्षण अभियान चलाएको छ भने १५ लाख कण्डम निःशुल्क वितरण गरेको छ । पछिल्ला प्रतिवेदनहरुबारे आफ्नो विचार राख्दै मेयर एडि्रयन फेन्टीले निर्वाचित अधिकारीहरु यस विषयमा सचेत हुनुपर्ने बताएका छन् । साथै उनले संक्रमणको दर घटाउन नागरिकको तहबाट भएको बेवास्ताप्रति दुःखेसो पनि व्यक्त गरेका छन् ।

'अल्पसंख्यक समुदायमा यसको असर उच्च छ, यो एकदमै चिन्ताजनक कुरा हो'- नेसनल इन्टिच्युट अफ हेल्थ प्रोग्रामका निदर्ेेशक एन्टोनी फाउसीको भनाइ छ । यो त स्वास्थ्यपरीक्षण गरिएकाहरुमा मात्र आधारित छ । कतिले त परीक्षण नै गराएका छैनन् । संक्रमणको दर अझै उच्च हुनसक्छ भन्नेतर्फ इन्टिच्युटले सचेत बनाएको छ ।

(यो सामग्री एजेन्सीहरुको सहयोगमा तयार पारेको हु । टोम स्टोडार्टले गेटी रिपोर्टेजका लागि खिचेका यस सामग्रीभित्र राखिएका तस्वीरहरु टाइम म्यागजिनको अनलाइन संस्करणबाट साभार गरिएका हुन्।)

Friday, April 3, 2009

नारी दिवस




- सानु घिमिरे




प्रत्येक बर्ष आउने
सडक सडकमा गर्जिने
रगत रगतमा प्रबाहित हुने
सभा सम्मेलनमा घन्किने
अनि कार्यपत्र बनेर थन्किने
मेरी नारी दिवस १
अब पर्ब मात्र होइन
मेरी दैनिकी भएर आऊ
म तिमी संगै त्तातिई रहेकी छु
तिमी संगै चिच्याई रहेकी छु
शिक्षा, स्वास्थ्य , सुरक्षा, अधिकार
र आर्थिक क्षेत्रमा समान पहुँचको लागी १
अर्को आबाज नेपथ्यमा रोइरहेकी छे
म बेचिन चाहन्न,
आबाज लर्बरिदैछ
घरेलु हिंसाबाट मुक्ति देऊ१
कलेजबाट निरन्तर आएको स्वर
रोजगारीको अबसर देऊ
आबाजै आबाजमा म हराइ रहेकी छु
तर तिमी संगै म कराइ रहेकी छु
हरेक क्षेत्रमा आरक्षण देऊ
आबाज अधिकार खोज्छ
निर्णायक तहमा हस्तक्षेप गरौ
चेतनाको लहर जाग्छ
बैबाहिक बलात्कार१
न्यायालय रुन्छ
सुरक्षीत गर्भपतन१
अज्ञानता भक्कानिन्छ
रोदनै रोदन बिच म उर्लिरह्न्छु
नारी दिवस १ म तिमी संगै कुर्लिरहन्छु


मुद्दाहरुको फेहरिस्तमा
ठमेल बोल्छे
यो मेरो बाध्यता हो१
अरब बाट सन्देश पठाउछे
यो मेरो गरीबी हो
अमेरिकामा लुकेका कथाहरु
ऑस्ट्रेलियामा दुखेका ब्यथाहरु
युरोपमा चोइटिएका सपनाहरु
यही दिनमा सुनिन पुग्छन
एउटै आबाजमा उनिन खोज्छन
अत्तालिएका आबाजहरुमा म पनि आत्तिन खोज्छु
तर नारी दिवस १ तिमी संगै म तात्तिन खोज्छु
सार्थक बनोस मेरी नारी दिवस
हात हात जोडन खोज्छु
मुटु मुटु जोडन खोज्छु
क्रंदन लाई गर्जन बनाएर
एउटै आबाज निकाल्न खोज्छु
नारी एकता जिंदाबाद !
महिला मुक्ति जिंदाबाद !!




(सानु घिमिरे अष्ट्रेलियामा पढ्दै छिन, उनले आम सन्चार र पत्रकारितामा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेकी छिन्, मैले चिने अनुसार उनी कोमल हृदयकी छिन तर कहिलेकाही एकदमै बोल्ड पनि छिन्)

नेपाली युवा जो आफ्नै देशमा पराइ छन्



विकास शेर्पा र उनका साथीहरु सिंगापुरबाट नेपाल फर्केको दुइ वर्षबितिसकेको छ तर उनीहरु अहिले पनि सिंगापुरे भाषा बोल्छन् र 'सिङ्लिस' गीत गुनगुनाउ"छन् । आफ्ना बाबुहरु सिंगापुरे प्रहरीको गोर्खा पल्टनमा सेवारत रह"दा यी टिनएजरहरु सिंगापुरमा जन्मिए र त्यहीं नै हर्ुर्किए । ४५ वर्षपुगेपछि अवकास लिनुपर्ने अनिवार्य प्रावधानपछि गोर्खा पल्टनका सदस्य र तिनका परविारहरु स्वदेश र्फकनर्ुपर्छ । यसै प्रावधानका कारण १८ वषर्ीय विकास शर्ेपाजस्ता टीनएजरहरु पनि नेपाल र्फकनर्ुपर्छ तर उनीहरुका लागि आफ्नै देशमा घुलमिल हुन गाह्रो पर्छ ।


'मलाई लाग्थ्यो, म सिंगापुर छाड्न तयार थिए", तर काठमाडांैको नया" जीवनका लागि आपूलाई तयार पारसिकेको छैन', विकास भन्छन् । काठमाडांैका लागि उनहीहरु नौला छन् । नव आगन्तुकको रुपमा उनीहरुले सबैभन्दा पहिले काठमाडांैको प्रदूषणस"ग बानी पर्नुपर्छ र हाइजेनिक खानामा गिरावट ल्याउनर्ुपर्छ । यति मात्र होइन, उनीहरुलाई भाषाको पनि समस्या छ । उनीहरु नेपालीजस्ता नै देखिन्छन् तर राम्रोस"ग नेपाली बोल्न आउ"दैन, यसले गर्दा पसलेहरुले पनि उनीहरुलाई विदेशीको जस्तो व्यवहार गर्छन् र उनीहरु ठगिन्छन् ।

एकाएक साथीभाइबाट छुटि्टदा र परििचत वातावरणबाट टाढा रह"दा काठमाडांैमा उनीहरुको जीवन जटील बनेको छ । १९ वषर्ीय दिनो गुरुङ यतिबेला असहज महसुस गररिहेका छन् । आफ्नी सिंगापुरे मायालुसाग च्याटमा कुरा गरेर र इमेल लेखेर उनले समय विताइरहेका छन् । गएको जनवरीमा उनी दर्ुइ हप्ताको लागि सिंगापुर गएका थिए जहा" उनी आफ्नी गर्ल पmेन्डस"ग रहे र आफूलाई मनपर्ने सिंगापुरको लोकप्रिय समुद्री किनार इस्ट कोस्ट पार्कमा समय बिताए ।

१९ वषर्ीया सुजिता गुरुङको अवस्था पनि त्यस्तै छ । उनी भन्छिन,् 'मेरो लागि पहिलो दर्ुइ महिना अति कठिन थिए, त्यो समय मलाई साह्रै दिक्क लाग्यो ।' बुबाआमालाई लाग्यो, नया" वातावरणमा छोरी खराब संगतमा पर्नसक्छे, त्यसैले उनलाई पहिलो एक महिनामा साथीभाइस"ग घरबाहिर जाने अनुमति पनि दिइएन ।

सुजिताका साथीहरु अहिले काठमाडांैंका विभिन्न कलेजहरुमा ए लेभल पढ् दैछन् । तर विद्यालयमा पनि उनीहरुलाइ फरक दृष्टिकोणले हेरन्िछ । विदेशको सहज जीवनशैलीका कारण पढाइमा ध्यान नदिने ब्रि्रेका केटाकेटीको रुपमा आफूहरुलाई व्यवहार गरनिे उनीहरु बताउ"छन् । सिंगापुरमा ओ लेभलमा प्रतिष्पर्धा गरेर त्यही नै उच्च अध्ययन गर्ने सोच बनाए पनि उनीहरु नेपाल र्फकनर्ुपर्छ । बुबाहरुको अवकास"गै उनीहरु नेपाल र्फकनुपर्ने हुन्छ ।

'तर स्वदेश पर्कनुअघि हामीलाई कम्तीमा पढाइ सिध्याउन सिंगापुर सरकारले अनुमति दिनर्ुपर्छ', सुजिताको माग छ । नेपालीहरुले पढाइ र अतिरत्तिm कृयाकलापमा राम्रै गरेर देखाएका छन् । उमेश रानाले त्यहा"को युवा मिलिटरी कोर्पको स्टाफ र्सर्जेन्टको रुपमा काम गरसिकेका थिए भने मिलनको पोषाकमा अहिलेसम्म सिंगापुरमा काम गर्दा कमाएको ब्याच झुन्डिएको छ ।
बुबाहरुको अवकासपछि सिंगापुर बस्न नपाउ"दा उनीहरु निरास भएका छन् तर सिंगापुरे जीवनको रमाइलो अनुभव स"गालेर उनीहरु बसिरहेका छन् । सिंगापुरको खानाको सम्झनाले उनीहरुलाई उत्तेजित बनाउ"छ । रमेश पुनले भने, 'नेपाल आउनुअघि सिंगापुरमा अन्तिम पटक घुमंे र मनपर्ने परकिार खाए" ।


(यो फिचर चोङ जी लाङले लेखेका हुन् जुन नेपाली टाइम्सको २७ मार्च अंकमा छापिएको थियो । फिचर मन परेकोले नेपालीमा उल्था गर्ने दुस्साहस गरेको हु । स्केच चाँही रबीनले बनाएका हुन, जुन पत्रिकामा प्रकाशीत फोटोलाइ मिसमास गरिएर बनाइएको हो )

Wednesday, March 25, 2009

बढ्दैछ बलात्कार


यौन आवश्यकता हो तर यो आवश्यकतालाई सम्हाल्न सकिएन भने ठूलो दर्ुघटना हुनसक्छ । यो आवेगलाई सम्हाल्न नसक्दा विश्वका धेरै चर्चित व्यक्तिहरु पनि चुकेका छन् र विवादमा फसेर पद समेत गुमाउन पुगेका छन् । महिला हिंसाविरुद्ध विश्वमा अर्बौ धनराशि खर्च भइरहे पनि महिला हिंसा त्यसमा पनि बलात्कारका घटनाहरु रोकिएका छैनन् । विश्वमा सभ्य कहलिएका बेलायत र अमेरकिा जस्ता देशहरुमा पनि बलात्कारका घटना बढिरहेका छन् ।


इजरायलका पर्ूव राष्टपति मोसे कास्ताभ अहिले बलात्कारको अभियोग सामना गररिहेका छन् । ६३ वषर्ीय कास्ताभलाई आफ्नै सहयोगीको रुपमा काम गरेकी एक महिलालाई बलात्कार गरेको र अरु दर्ुइ जना पर्ूव कर्मचारीहरुमाथि यौन अपराध गरेको आरोप लागेको छ । उनले आफूलाई निर्दोष दाबी गर्दै आइरहेका छन् तर त्योभन्दा धेरै प्रतिक्रिया दिएका छैनन् । उनले मिडियाले आफूलाई फसाउन खोजेको बताएका छन् ।

यसै हप्ता अन्तराष्टियरुपमा एउटा जघन्य बलात्कारको घटनाले चर्चा पायो । अस्टियाका ७३ वषर्ीय जोसेफ प्रिmजलले आफ्नी छारीलाई लगातार २४ वर्षम्म थुनेर बलात्कार गरेको घटना अष्टियाकै इतिहासमा सबैभन्दा तल्लोस्तरको अपराधमध्ये एक भएको मानिएको छ ।

बेलायतमा १७ वर्षन्दा कम उमेर भएकाहरुलाई विवाह गर्न रोक लगाइएको छ । अध्ययनहरुले देखाए अनुसार बेलायतमा १५ वर्षा पाइला टेक्नुअघि नै टिनएजरहरुले यौन सर्म्पर्कको अनुभव लिन्छन् जसको कारण राज्यले बालबालिको सूचीमा राखेका किशोर किशोरीहरु बाबुआमा बन्छन् । यस्तो सर्म्पर्कबाट वाषिर्क १ लाख पचास हजार बच्चाहरु जन्मन्छन् । कतिपय बच्च्चाहरु बलात्कारका कारण पनि जन्मन्छन् । इच्छित वा अनिच्छत जे भएपनि यस्तो सर्म्पर्कलाई बेलायतले गैर कानुनी मानेको छ ।

त्यसो त बलात्कार के हो भन्ने विषयमा पनि छलफल हु"दै आएका छन् । कसै कसैले जबर्जस्ती यौन सर्म्पर्कलाई बलात्कारको परभिाषामा राख्दै आएका छन् भने कतिपयले यौनस"ग सम्बन्धित कुनै पनि जबर्जस्ती वा मानसिक यातनालाई समेत बलात्कारको कित्तामा राखेका छन् । कतिपयले भने बलात्कार भन्ने शब्द प्रयोग नगरे पनि यौन आक्रमण भनेर चर्चा गर्दै आएका छन् ।

विश्वमा बढ्दै गइरहेका यौन हिंसाका घटना रोक्न र अन्य यौन जोखिमलाई कम गर्न यौन शिक्षाको विषयलाई व्यापकरुपमा उठाइएको छ तर अमेरकिा जस्तो देशमा समेत यौन आक्रमणका घटनाहरु कम नभएपछि शिक्षा मात्र यौन हिंसा कम गर्न काफी छैन भन्ने संकेत गरेको छ ।
एक तथ्यांक अनुसार अमेरकिामा सन् २००७ मा यौन आक्रमणका साढे दर्ुइ लाख घटनाहरु भएका छन् । त्यहा" प्रत्येक दर्ुइ मिनेटमा एक जना व्यक्ति यौन आक्रमणको शिकार भइरहेको हुन्छ । यस्ता आक्रमणमध्ये ६० प्रतिशत घटनाहरु प्रहरीमा उजुरबाजुर नभएरै सकिन्छन् । बलात्कारको शिकार हुने ७३ प्रतिशत व्यक्तिले आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई चिनेका हुन्छन् तर छ प्रतिशत बलात्कारीहरु मात्र जेल पर्छन् । बलात्कारको तस्वीर अमेरकिामा भयावह छ । ६ अमेरकिी महिलामध्ये एक महिला जीवनमा एकपटक या त बलात्कृत भएकी हुन्छिन् या उनीमाथि बलात्कारको प्रयास भएको हुन्छ । यसरी बलात्कृत हुने ८० प्रतिशत महिला श्वेत हुन्छन् ।

त्यसो त बलात्कारको शिकार हुनेहरु महिला मात्र छैनन्, पुरुषहरु पनि बलात्कारपीडित बन्दै आएका छन् । एक तथ्यांक अनुसार अमेरकिामा प्रत्येक ३३ जना पुरुषमध्ये एक जनाले आफ्नो जीवनको कुनै पनि समयमा एक पटक बलात्कार वा बलात्कार प्रयासको सामाना गर्नुपर्छ । अमेरकिामा दर्ुइ लाख ७८ हजार पुरुष यौन आक्रमणमा पर्छन् । तीमध्ये ८० प्रतिशत ३० वर्षन्दा कम उमेरका हुन्छन् । बलात्कारको असर पीडितलेे जिन्दगीभर व्यहोर्नुपर्छ । एक पटक बलात्कारको शिकार भइसकेका व्यक्तिहरु सामान्य मानिसभन्दा ३ गुना बढी ड्रि्रेसन हुने सम्भावना रहन्छ भने उनीहरुमा १३ गुणा बढी अल्कोहलको समस्याबाट ग्रसित हुन्छन् ।

अध्ययनहरुका अनुसार स्कुलमा पढाउने शिक्षक वा अभिभावकत्व दिने व्यक्ति पनि स्वयं बलात्कारको घटनामा संलग्न हुने गर्छन् । उनीहरु बालबालिकालाई ललाइफकाइ बलात्कार गर्ने गरेको देखिएको छ । केही समयअघि भारतमा बलात्कारको यस्तै अभियोगमा विद्यालयका ६ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको थियो । नेपालमा पनि यस्ता घटनाहरु प्रसस्तरुपमा र्सार्वजनिक भइरहेका छन् । बलात्कारका घटनाहरु पर्ूण्ातया रोकिएला भन्ने अपेक्षा गर्न त सकिन्न तर सबैको सामूहिक प्रयासले यस्ता घटना घटाउन सकिने कुरामा भने विज्ञहरु विश्वस्त छन् ।



यस्ता पनि बाबु

अस्टि्रयाका नागरकि जोसेफ प्रिmजल-७४), यस्ता व्यक्ति हुन् जसलाई आफ्नै छोरी बलात्कारको आरोप लागेको छ । उनकी ४२ वषर्ीया छोरी एलिजावेथ प्रिmजलले आफूमाथि बाबुले २४ वर्षेखि बलात्कार गर्दै आएको उजुरी प्रहरीलाई दिएपछि उनको कर्तुत उदांगियो । आफूलाई २४ वर्षेखि भूमिगत कोठामा बन्दी बनाएर बाबु प्रिmजलले लगातार बलात्कार गर्दै आएको उनले बताएकी छन् । यसरी बलात्कारको शिकार ह"ुदै जा"दा एलिजावेथले सात वटा बच्चालाई जन्म दिइसकेकी छन् भने एउटा गर्भ तुहिएको छ । प्रिmजलले एलिजावेथलाई मात्र बन्दी बनाएका छैनन्, बलात्कारबाट जन्मिएकी छोरी केर्स्र्टर्ीी१९) र छोराहरु स्टेफेन-१८) र फेलिक्स-५) लाईसमेत बन्दी बनाएका छन् । अन्य तीन सन्तानलाई जोसेफले आफैस"ग राखेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।


बलात्कारबाट जन्मिएकी जेठी छोरी केर्स्र्टर्ीीबिरामी भएपछि उनलाई बन्द कोठाबाट अस्पताल लग्न प्रिmजल सहमत भए र अन्ततः त्यसकै कारण उनको कर्तुत र्सार्वजनिक हुन पुग्यो । गत वर्षअप्रिलमा नै पक्राउ परेका प्रिmजलको मुद्दा अदालतमा चलिरहेको थियो । यसैबीच गएको शनिबार उनले आफ्ने अपराध स्वीकार गरेको समाचार संसारभर नै फैलियो । उनलाई आजीवन कैदको फैसला सुनाइएको छ ।

Monday, March 16, 2009

विरोधका लागि नाङ्गो शरीर




गत नोभेम्वर १५ मा मलेसियामा मेक्सिकन कृषकहरुले पनि पूरै नाङगिएर सेलानगोर एम बीको कार्यालय अगाडि विरोध पर््रदर्शन गरे । गरिबहरुका लागि ल्याइएको आवासीय योजनाअर्न्तर्गत प्रस्तावित दोहोरो शुल्क विरुद्ध उनीहरुले पर््रदर्शन गरेका थिए ।



अर्जेन्टिनजाको ब्युनोस आयर्समा २००८ को जुनमा सैयौ नाङ्गा मानिसहरु सांकेतिक विरोधमा उत्रिए । रगत जस्तै रंगले शरीर भिजाएका ती मानिसहरु खरायोको र ौको प्रयोग विरुद्ध यो पर््रदर्शन गरिरहेका थिए । यस पटक नांगंो विरोध गर्नेहरु पनि पेटाका कार्यकर्ता र शुभभिन्तक नै थिए ।

२००८ को जुन १४ मा पेन्टी र ब्रासम्म नलगाएका महिला अनि पुरुषहरुको ठूलो समूहले सेन्ट्रल लण्डनको सडक हु“दै साइकल र्‍याली गर्‍यो ।
नाङ्गो शरीरमा विरोधका संाकेतिक नाराहरु ल्ोखेका मिश्रति उमेर समूहका ती महिला-पुरुष हाइड पार्कमा जम्मा भए र र्‍यालीलाई उत्सवमा परिणत गरे  । उनीहरुको उद्देश्य थियो- तेलमाथि भएको विश्वव्यापी परनिर्भरताको विरोध गर्नु, कार संस्कृतिविरुद्ध मत निर्माण गर्नु, शारीरिक स्वतन्त्रताको वकालत गर्नु, साइकिलिस्टहरुको सुरक्षाको विषयमा सम्बद्ध निकायको ध्यानाकर्षा गराउनु । यस्तै यस्तै ।
हालै मात्र लण्डनमा जनावर अधिकारका लागि क्रियाशील पिपल फर इथिकल टि्रटमेन्ट अफ एनिमल पेटामा आबद्ध अधिकारकर्मीहरुले निर्वस्त्र भएर जुलुस पर््रदर्शन गरे । उनीहरुको भनाइ छ- जनावरहरुलाई मानव स्वार्थका लागि प्रयोग गरनिु हु“दैन ।
२००७ को अगस्तमा सैयौ मानिसहरुले स्विट्जरल्याण्डको एलेटजको हिउ“ले भरएिको सतहमा सामूहिक रुपमा नांगै लम्पसार परे । विश्वव्यापी तापक्रम बृद्धि अर्थात ग्लोवल वार्मिङविरुद्धको एउटा अभियान भन्दै उनीहरु नांगिएका थिए ।
नेपालका वादी समुदायका महिलाहरु गत वर्षराजधानी काठमाडांैको सिंहदरवार अगाडि अर्धनग्न भई विरोध पर््रदर्शन गरे । परम्परागतरुपमा देहव्यापार गर्दै आएका वादी समुदायका महिलाहरुले आफूहरुको पुनर्स्थापना र सम्मानजनक जीवनका माग गर्दै यो विरोध गरेका थिए ।
आफूलाई मनोक्रान्तिका कार्यकर्ता बताउने युवाहरुको एक समूहले गत वर्षगुप्तांगसम्म नछोपेर काठमाडौमा पर््रदर्शन गर्‍्यो । उनीहरुको भनाइ थियो- मनोक्रान्तिको विषयलाई नेपाली मिडियाले उपयुक्त स्थान नदिएकाले त्यसको विरोधमा पर््रदर्शन गरएिको हो ।
च्ााहे शान्तिको नारा लिएर होस, च्ााहे जनावर अधिकारको नारा लिएर होस्, अथवा पर्यावरण सन्तुलनको नारा लिएर नै किन नहोस्, मानिसहरु नाङ्गी रहेछन् । अमेरकिाले इराक युद्धमा सेना उतारेको केही समयपछि केही महिलाहरु त्यसको विरोध गर्दै सांकेतिक रुपमा नांगंो शरीरमा देखा परेका थिए ।
सान पान्सिस्कोमा सन् २००२ को अप्रिल १९ मा एक सय महिला र पुरुषहरुले नाङगो शरीरले समुद्रमा किनारमा मेक लभ, नट वार भन्ने आकृति बनाएर शान्तिको वकालत गरे । २००५ नोभेम्वरमा केही महिलाले यी स्तन हुन्, बम होइनन् भन्ने नाराका साथ क्लालिफोर्नियामा भएको विशेष निर्वाचनमको मतको विषयलाई लिएर नाङ्गो रुपमा सडकमा ओर्लिएका थिए । क्यानडा र अष्ट्रेलियामा पनि शान्तिको नारा लिदै नाङ्गोरुपमा महिलापुरुषहरु देखिए ।
आखिर कसैको विरोध र कसैको र्समर्थनका लागि सडकमा नांगै ओर्लनर्ैपर्छ त - कुनै पनि कुराको विरोध या र्समर्थन गर्नु र दुनिया“को अगाडि स्तन र गुप्तांग पर््रदर्शन गर्नुबीचको सम्वन्ध के छ त - सायद यही नै कारण हो भनेर ठोकुवा गर्नुले कुनै अर्थ दिदैन किनभने नांगो शरीर भन्नेवित्तिकै यौनको कुरा उठ्छ र यौनका विषयमा भिन्न भिन्न दर्शन र मान्यताहरु विद्यमान छन् ।
आम बुझाइ के हो भने यौन मानवीय अभिरुचिको अत्यन्त प्राथमिकताको विषय हो र सबै मानिसहरु यसको चाहना गर्छन् । यौनजन्य विषयमा रुचि नराख्ने मानिस सायदै कम होलान् । खुल्लमखुल्ला नांगिनु भनेको सामाजिक मर्यादा तोड्नु हो भन्ने मान्यताले जरो गाडेको समाजमा नांगै हि“ड्नु अपाच्य व्यवहार हो । तर, नांगो मानिसलाई हर्ेन खोज्नु मानवीय कौतुहल पनि हो ।
मानवीय कोतुहलको फाइदा उठाउ“दै यस्ता विरोधकर्ता निर्वस्त्र सडकमा ओर्लन्छन् जसको प्रमुख उद्देश्य अरुको दृष्टि आफूहरुतिर तान्नु नै हुन्छ । नांगो शरीरसहित र्समर्थन वा विरोध गर्नु आफ्ना मुद्दा प्रचारबाजीको नौलो, अनौठो र प्रभावकारी शैली हो भन्ने बुझाइ यस्ता पर््रदर्शनकारीहरुको हुनसक्छ । उनीहरु आफ्ना मद्दाको प्रचार र प्रभावका लागि आफ्नो यौनजन्य अंगहरुलाई उपयुक्त माध्यम ठान्छन् । मानिस नांगै जन्मन्छ, नांगै खरानी हुन्छ, नांगो हुनु भनेको प्राकृतिक र अत्यन्त स्वाभाविक प्रक्रिया हो, त्यसैले र्सार्वजनिकरुपमा नांगिनेहरुविरुद्ध खनिनु बेकार छ भन्नेहरु पनि प्रशस्तै छन् ।
उनीहरुको तर्क छ, वस्त्रहीन भएर मानिसहरु खल्लारुपमा देखिनु न त जन्मजात खराबी हो न त अपराध नै । उनीहरुको विचारमा नाङगा विरोध ज्यादै साधारण, सिधै राजनीतिक र दार्शनिक क्रियाकलाप हुन् । यस्ता विरोधहरुले हाम्रो समाजको विसंगति र सरकारको भ्रष्ट कार्यलाई चुनौती दिइरहेको हुन्छ । नांगिनु भनेको साधारण मानव अभिव्यक्ति हो तर यसले धेरै महत्वपर्ूण्ा जटिलताहरुलाई उत्प्रेरति गररिहेको हुन्छ । कोही नांगिन्छ भने कसलाई आपत्ति - उनीहरु भन्छन् । नांगिनुलाई अपराध ठान्नु जातिवादलाइ प्रश्रय दिनु हो भन्ने उनीहरुको तर्क छ ।
नांगीनु अश्लीलताको एउटा रुपमा लिइन्छ । नांगो शरीर र अश्लीलतालाई जोडेर हर्ेर्नु व्यक्तिगत मान्यता होइन, यो संस्थागत मान्यता हो किनभने विश्वका कुनै पनि मुलुकले कुनै असामान्य परििस्थतिमा बाहेक नांगो पर््रदर्शनलाई अनुमति दिदैनन् । यौनप्रति लचिला बेलायत र अमेरकिा जस्ता देशमा त यसलाई अनुमति छैन भने अरु देशमा त झन र्सार्वजनिक निर्वस्त्रीकरण किन पाच्य हुन्थ्यो र -
नांगिन पाउनुपर्ने अधिकारका लागि लडिरहेका बेलायती नागरकि भिन्सेन्ट बेदेललाई धेरैपटक प्रहरीले गिरफ्तार गर्‍योे तर अदालतमा पनि नांगै जाने जिद्दी गरेपछि उनलाई फेर िथुनामा राखियो । बेदेल भन्छन्- मान्छे हुनु कुनै अपराध हैन, मलाई गिरफ्तार गरेर मानव हुने अधिकार उल्लंघन गरएिको छ ।
नांगिएर विरोध वा अपिल गर्ने नया“ अभ्यासको सिको गराउनुमा पेटा कार्यकर्ताको योगदानले ठूलै काम गर्‍योे । यसको सिको गर्ने क्रम संसारभर िबढ्दै छ । यौनमा खुल्न नसकेको नेपाल जस्तो देशमा समेत नांगिएर विरोध गर्ने संस्कार सुरु भएको छ । वादी समुदायका महिलाहरु अर्ध नग्न भएर विरोध गर्नुले पनि नग्नता र विरोधको सम्बन्धलाई उजागर गर्‍योे । नेपाली महिलावादीहरुको मत भने यस विषयमा भिन्न छ । उनीहरु भन्छन्- मानवीय सम्मानका लागि वादी महिलाले राखेका सामान्य मागप्रति पनि राज्यले कान थुनेकाले अर्धनग्न विरोध गरएिको हो, यसमा यौनिकताको कुरा गौण हुन्छ । विषयलाई जसरी पनि व्याख्या गर्न सकिन्छ तर पनि नग्नता र यौनलाई कुनै पनि
प्रकारले भिन्न भिन्न विषयका रुपमा हर्ेन मिल्दैन ।
नांगिनु भनेको विरोध वा र्समर्थनको तल्लो स्तर हो, यस बाहेक विरोधको कुने रुप बा“की रह“दैन, नग्नताविरोधीहरु भन्छन् । सेक्सप्रति विश्व उदार हु“दै जानुले पनि यस्तो प्रवृत्तिलाई बढावा दिएको हो भन्ने निष्कर्षनिकाल्न गाह्रो पर्दैन । तर, नांगिनुलाई विरोधको अन्तिम अस्त्रको रुपमा लिने प्रवत्ति बढ्दै जाने हो भने विरोध विषय प्रधानको साटो यौनप्रधान हुने सत्यलाई विर्सनु हु“दैन ।