Wednesday, March 25, 2009

बढ्दैछ बलात्कार


यौन आवश्यकता हो तर यो आवश्यकतालाई सम्हाल्न सकिएन भने ठूलो दर्ुघटना हुनसक्छ । यो आवेगलाई सम्हाल्न नसक्दा विश्वका धेरै चर्चित व्यक्तिहरु पनि चुकेका छन् र विवादमा फसेर पद समेत गुमाउन पुगेका छन् । महिला हिंसाविरुद्ध विश्वमा अर्बौ धनराशि खर्च भइरहे पनि महिला हिंसा त्यसमा पनि बलात्कारका घटनाहरु रोकिएका छैनन् । विश्वमा सभ्य कहलिएका बेलायत र अमेरकिा जस्ता देशहरुमा पनि बलात्कारका घटना बढिरहेका छन् ।


इजरायलका पर्ूव राष्टपति मोसे कास्ताभ अहिले बलात्कारको अभियोग सामना गररिहेका छन् । ६३ वषर्ीय कास्ताभलाई आफ्नै सहयोगीको रुपमा काम गरेकी एक महिलालाई बलात्कार गरेको र अरु दर्ुइ जना पर्ूव कर्मचारीहरुमाथि यौन अपराध गरेको आरोप लागेको छ । उनले आफूलाई निर्दोष दाबी गर्दै आइरहेका छन् तर त्योभन्दा धेरै प्रतिक्रिया दिएका छैनन् । उनले मिडियाले आफूलाई फसाउन खोजेको बताएका छन् ।

यसै हप्ता अन्तराष्टियरुपमा एउटा जघन्य बलात्कारको घटनाले चर्चा पायो । अस्टियाका ७३ वषर्ीय जोसेफ प्रिmजलले आफ्नी छारीलाई लगातार २४ वर्षम्म थुनेर बलात्कार गरेको घटना अष्टियाकै इतिहासमा सबैभन्दा तल्लोस्तरको अपराधमध्ये एक भएको मानिएको छ ।

बेलायतमा १७ वर्षन्दा कम उमेर भएकाहरुलाई विवाह गर्न रोक लगाइएको छ । अध्ययनहरुले देखाए अनुसार बेलायतमा १५ वर्षा पाइला टेक्नुअघि नै टिनएजरहरुले यौन सर्म्पर्कको अनुभव लिन्छन् जसको कारण राज्यले बालबालिको सूचीमा राखेका किशोर किशोरीहरु बाबुआमा बन्छन् । यस्तो सर्म्पर्कबाट वाषिर्क १ लाख पचास हजार बच्चाहरु जन्मन्छन् । कतिपय बच्च्चाहरु बलात्कारका कारण पनि जन्मन्छन् । इच्छित वा अनिच्छत जे भएपनि यस्तो सर्म्पर्कलाई बेलायतले गैर कानुनी मानेको छ ।

त्यसो त बलात्कार के हो भन्ने विषयमा पनि छलफल हु"दै आएका छन् । कसै कसैले जबर्जस्ती यौन सर्म्पर्कलाई बलात्कारको परभिाषामा राख्दै आएका छन् भने कतिपयले यौनस"ग सम्बन्धित कुनै पनि जबर्जस्ती वा मानसिक यातनालाई समेत बलात्कारको कित्तामा राखेका छन् । कतिपयले भने बलात्कार भन्ने शब्द प्रयोग नगरे पनि यौन आक्रमण भनेर चर्चा गर्दै आएका छन् ।

विश्वमा बढ्दै गइरहेका यौन हिंसाका घटना रोक्न र अन्य यौन जोखिमलाई कम गर्न यौन शिक्षाको विषयलाई व्यापकरुपमा उठाइएको छ तर अमेरकिा जस्तो देशमा समेत यौन आक्रमणका घटनाहरु कम नभएपछि शिक्षा मात्र यौन हिंसा कम गर्न काफी छैन भन्ने संकेत गरेको छ ।
एक तथ्यांक अनुसार अमेरकिामा सन् २००७ मा यौन आक्रमणका साढे दर्ुइ लाख घटनाहरु भएका छन् । त्यहा" प्रत्येक दर्ुइ मिनेटमा एक जना व्यक्ति यौन आक्रमणको शिकार भइरहेको हुन्छ । यस्ता आक्रमणमध्ये ६० प्रतिशत घटनाहरु प्रहरीमा उजुरबाजुर नभएरै सकिन्छन् । बलात्कारको शिकार हुने ७३ प्रतिशत व्यक्तिले आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई चिनेका हुन्छन् तर छ प्रतिशत बलात्कारीहरु मात्र जेल पर्छन् । बलात्कारको तस्वीर अमेरकिामा भयावह छ । ६ अमेरकिी महिलामध्ये एक महिला जीवनमा एकपटक या त बलात्कृत भएकी हुन्छिन् या उनीमाथि बलात्कारको प्रयास भएको हुन्छ । यसरी बलात्कृत हुने ८० प्रतिशत महिला श्वेत हुन्छन् ।

त्यसो त बलात्कारको शिकार हुनेहरु महिला मात्र छैनन्, पुरुषहरु पनि बलात्कारपीडित बन्दै आएका छन् । एक तथ्यांक अनुसार अमेरकिामा प्रत्येक ३३ जना पुरुषमध्ये एक जनाले आफ्नो जीवनको कुनै पनि समयमा एक पटक बलात्कार वा बलात्कार प्रयासको सामाना गर्नुपर्छ । अमेरकिामा दर्ुइ लाख ७८ हजार पुरुष यौन आक्रमणमा पर्छन् । तीमध्ये ८० प्रतिशत ३० वर्षन्दा कम उमेरका हुन्छन् । बलात्कारको असर पीडितलेे जिन्दगीभर व्यहोर्नुपर्छ । एक पटक बलात्कारको शिकार भइसकेका व्यक्तिहरु सामान्य मानिसभन्दा ३ गुना बढी ड्रि्रेसन हुने सम्भावना रहन्छ भने उनीहरुमा १३ गुणा बढी अल्कोहलको समस्याबाट ग्रसित हुन्छन् ।

अध्ययनहरुका अनुसार स्कुलमा पढाउने शिक्षक वा अभिभावकत्व दिने व्यक्ति पनि स्वयं बलात्कारको घटनामा संलग्न हुने गर्छन् । उनीहरु बालबालिकालाई ललाइफकाइ बलात्कार गर्ने गरेको देखिएको छ । केही समयअघि भारतमा बलात्कारको यस्तै अभियोगमा विद्यालयका ६ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको थियो । नेपालमा पनि यस्ता घटनाहरु प्रसस्तरुपमा र्सार्वजनिक भइरहेका छन् । बलात्कारका घटनाहरु पर्ूण्ातया रोकिएला भन्ने अपेक्षा गर्न त सकिन्न तर सबैको सामूहिक प्रयासले यस्ता घटना घटाउन सकिने कुरामा भने विज्ञहरु विश्वस्त छन् ।



यस्ता पनि बाबु

अस्टि्रयाका नागरकि जोसेफ प्रिmजल-७४), यस्ता व्यक्ति हुन् जसलाई आफ्नै छोरी बलात्कारको आरोप लागेको छ । उनकी ४२ वषर्ीया छोरी एलिजावेथ प्रिmजलले आफूमाथि बाबुले २४ वर्षेखि बलात्कार गर्दै आएको उजुरी प्रहरीलाई दिएपछि उनको कर्तुत उदांगियो । आफूलाई २४ वर्षेखि भूमिगत कोठामा बन्दी बनाएर बाबु प्रिmजलले लगातार बलात्कार गर्दै आएको उनले बताएकी छन् । यसरी बलात्कारको शिकार ह"ुदै जा"दा एलिजावेथले सात वटा बच्चालाई जन्म दिइसकेकी छन् भने एउटा गर्भ तुहिएको छ । प्रिmजलले एलिजावेथलाई मात्र बन्दी बनाएका छैनन्, बलात्कारबाट जन्मिएकी छोरी केर्स्र्टर्ीी१९) र छोराहरु स्टेफेन-१८) र फेलिक्स-५) लाईसमेत बन्दी बनाएका छन् । अन्य तीन सन्तानलाई जोसेफले आफैस"ग राखेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।


बलात्कारबाट जन्मिएकी जेठी छोरी केर्स्र्टर्ीीबिरामी भएपछि उनलाई बन्द कोठाबाट अस्पताल लग्न प्रिmजल सहमत भए र अन्ततः त्यसकै कारण उनको कर्तुत र्सार्वजनिक हुन पुग्यो । गत वर्षअप्रिलमा नै पक्राउ परेका प्रिmजलको मुद्दा अदालतमा चलिरहेको थियो । यसैबीच गएको शनिबार उनले आफ्ने अपराध स्वीकार गरेको समाचार संसारभर नै फैलियो । उनलाई आजीवन कैदको फैसला सुनाइएको छ ।

No comments:

Post a Comment