Friday, April 3, 2009

नारी दिवस




- सानु घिमिरे




प्रत्येक बर्ष आउने
सडक सडकमा गर्जिने
रगत रगतमा प्रबाहित हुने
सभा सम्मेलनमा घन्किने
अनि कार्यपत्र बनेर थन्किने
मेरी नारी दिवस १
अब पर्ब मात्र होइन
मेरी दैनिकी भएर आऊ
म तिमी संगै त्तातिई रहेकी छु
तिमी संगै चिच्याई रहेकी छु
शिक्षा, स्वास्थ्य , सुरक्षा, अधिकार
र आर्थिक क्षेत्रमा समान पहुँचको लागी १
अर्को आबाज नेपथ्यमा रोइरहेकी छे
म बेचिन चाहन्न,
आबाज लर्बरिदैछ
घरेलु हिंसाबाट मुक्ति देऊ१
कलेजबाट निरन्तर आएको स्वर
रोजगारीको अबसर देऊ
आबाजै आबाजमा म हराइ रहेकी छु
तर तिमी संगै म कराइ रहेकी छु
हरेक क्षेत्रमा आरक्षण देऊ
आबाज अधिकार खोज्छ
निर्णायक तहमा हस्तक्षेप गरौ
चेतनाको लहर जाग्छ
बैबाहिक बलात्कार१
न्यायालय रुन्छ
सुरक्षीत गर्भपतन१
अज्ञानता भक्कानिन्छ
रोदनै रोदन बिच म उर्लिरह्न्छु
नारी दिवस १ म तिमी संगै कुर्लिरहन्छु


मुद्दाहरुको फेहरिस्तमा
ठमेल बोल्छे
यो मेरो बाध्यता हो१
अरब बाट सन्देश पठाउछे
यो मेरो गरीबी हो
अमेरिकामा लुकेका कथाहरु
ऑस्ट्रेलियामा दुखेका ब्यथाहरु
युरोपमा चोइटिएका सपनाहरु
यही दिनमा सुनिन पुग्छन
एउटै आबाजमा उनिन खोज्छन
अत्तालिएका आबाजहरुमा म पनि आत्तिन खोज्छु
तर नारी दिवस १ तिमी संगै म तात्तिन खोज्छु
सार्थक बनोस मेरी नारी दिवस
हात हात जोडन खोज्छु
मुटु मुटु जोडन खोज्छु
क्रंदन लाई गर्जन बनाएर
एउटै आबाज निकाल्न खोज्छु
नारी एकता जिंदाबाद !
महिला मुक्ति जिंदाबाद !!




(सानु घिमिरे अष्ट्रेलियामा पढ्दै छिन, उनले आम सन्चार र पत्रकारितामा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेकी छिन्, मैले चिने अनुसार उनी कोमल हृदयकी छिन तर कहिलेकाही एकदमै बोल्ड पनि छिन्)

1 comment:

  1. भाषण गरेर हुँदैन ।
    कागजका पाना भरेर हुँदैन ।
    महिला मुक्तिका लागि
    नारी नै बढ्नुपर्छ अघि
    पुरूष सरेर हुँदैन ।

    ReplyDelete