Wednesday, April 15, 2009

१२ वर्षे बालबालिकाको यौनमोह



अमेरिकामा धरै स्कुले बालबालिकाहरुले १२ वर्ष हुनुअघि नै यौनसम्पर्कको अनुभव लिइसकेका हुन्छन् । युनिभर्सिटी अफ टेक्सास स्कुल अफ पब्लिक हेल्थले गरेको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो ।

टेक्सास स्कुल अफ पब्लिक हेल्थका व्यावहारिक विज्ञानका सहायक प्राध्यापक क्रिष्टिने मार्खमका अनुसार अमेरिकाका दक्षिण-पूर्वी शहरमा रहेका धरै विद्यालयहरुमा यो समस्या छ । बालबालिकाहरुमा कस्ता खालका यौनसमस्या छन् भन्ने परिक्षण गर्न र ती समस्यालाई निराकण कसरी गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन यो अनुसन्धान गरिएको थियो ।

मार्खमका अनुसार सात कक्षामा पढ्ने बालबालिकाहरुसमेत जोखिमपूर्ण यौनमा संलग्न छन् । अध्ययनमा स्कुले बालबालिकालाई कस्तो खालको यौन सम्बन्धमा संलग्न छन् भनी सोधिएको थियो । उनीहरु योनी र लिंगबाट हुने सीधा मौथुन, मुखमौथन वा गुुदद्वार मैथुन, कस्तो खालको यौनिक क्रियामा संलग्न थिए भन्नेबारे अध्ययन गरिएको थियो । अनुसन्धानले देखायो- १२ वर्षसम्म आइपुग्दा १२ प्रतिशत स्कुले बालबालिकाहरु योनी र लिंगबाट हुने सीधा मौथुनमा संलग्न भइसकेका थिए । ७.९ प्रतिशतले मुखमैथुनको अनुभव लिइसकेका थिए, ६.५ प्रतिशतले गुदद्वार मैथुन गरेका थिए भने ४ प्रतिशतले यी तीनै प्रकारको यौनको अनुभव बटुलिसकेका थिए ।

मार्खमको भनाइ छ ः यस्तो यौनसम्बन्ध एकदमै जोखिमपूर्ण छ किनभने १४ वर्षअघि नै यौनसम्बन्ध राख्नेहरुले जीवनमा धरै जनासँग यौनसम्पर्क राख्ने सम्भावना हुन्छ, यति मात्र हैन, उनीहरुको सम्पर्क असुरक्षित हुन्छ र लागुपदार्थ दुव्र्यसनको सम्भावना पनि त्यस्तै रहन्छ, बालिकाहरु गर्भवती बन्ने समेत सम्भावना हुन्छ र अन्य सरुवा यौनरोगको संक्रमण हुनसक्छ ।

अध्ययनका अनुसार योनी र गुदद्वारमा सम्भोग गर्ने विद्यार्थीहरु कण्डमको प्रयोग गर्दैनन् । एक चौथाइ विद्यार्थीहरु चार जनाभन्दा बढीसँग यौनसम्पर्क गर्छन् । तीन प्रकारकै यौन सम्पर्क गर्नेहरु पुरुष विद्यार्थीहरु रहेको र उनीहरुमध्ये धेरैजसो अफि्रिकि मूलका अमेरिकी भएको पनि अध्ययनले देखाएको छ ।

अमेरिकामा असुरक्षित यौनसम्पर्कको मात्रा व्यापक छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सनका अनुसार १५ देखि १९ वर्ष उमेर समूहका ८० प्रतिशत महिलाहरुमा अनिच्छिक गर्भ रहन्छ । त्यसैगरी धेरै किशोर किशोरीहरुमा गुदद्वार र मुखमौथुनबाट सरुवा यौनरोग लाग्दैन भन्ने भ्रम रहेको छ, जुन भ्रम हटाउन आवश्यक देखिएको छ ।


कम उमेरमा सेक्स गरे खतरा?
यौन सम्पर्क आवश्यक र स्वास्थ्यको लागि फाइदाजनक पनि छ तर एक अनुसन्धानले कतिपय अवस्थामा यो हानीकारक हुने पनि देखाएको छ । नयाा अनुसन्धानबाट पत्ता लागे अनुसार जसले जवान अवस्थामा बढी समय यौन सम्पर्क गर्छन, उनीहरुलाई क्यान्सरको खतरा हुन्छ, यद्यपि यो कुरा सत्यको रुपमा प्रमाणित भइसकेको छैन । क्याम्बि्रज युनिभर्सीटीका अनुसन्धानकर्ताहरुले खलासा गरेअनुसार २० देखि ३० वर्षको उमेरमा ज्यादा यौन सम्पर्क गर्ने वा हस्तमैथुन गर्नेहरुमा यो खतरा रहन्छ । अनुसन्धानकर्ताहरुका अनुसार सेक्सुअल हर्मोन क्यान्सर र क्यान्सरको विकास गर्ने टिस्युबीच सम्बन्ध हुन्छ । यसले क्यान्सरको सम्भावना बढाउाछ ।

(यो सामग्री लण्डनबाट प्रकाशति हुने युरोपको नेपाली पत्र साप्ताहिकका लागि तयार पारिएको हो)

No comments:

Post a Comment