Monday, April 6, 2009

एचआइभीको आगो


अफ्रिका जलिसक्यो,
अमेरिका पनि यही बाटो पछ्याउँदैछ


तस्वीरमा देखिएका यी मानिस जाम्बियाका हुन् । सायद उनी अव जीवनको अन्तिम पलहरु बिताउँदैछन् । उनी जीवनलाई बिसर्जन गर्नुअघि जाम्बियाकै एक अस्पतालमा दिनहरु काट्दैछन् । नुहाउन लगिंदै गरिएका यी व्यक्ति सव-सहारा अफ्रिकाका २ करोड २० लाख मानिसहरुमध्ये एक हुन्, जो उम्कनै नसक्ने गरी एचआइभी एड्सको विश्वव्यापी जालोमा परेका छन् ।



यी युवाको नाम सेभेलिनो बन्दा हो, लुसाकाको चुंगा चिहानस्थलमा एकाविहानै यी युवा चिहान खन्दै छन् । उनीजस्तै १ सय २६ मानिसहरु दिनदिनै यो चिहानस्थलमा मृत्युको खाडल खन्छन् । यहाँ दैनिक करिब ५० मृतकहरुको चिहान बनाइन्छ, जममध्ये धरै एचआइभी एड्सको कारणले मर्ने गर्छन् ।

जाम्बियाको लुकासा र आसपासका क्षेत्रहरु यौन व्यापारका लागि जक्सन नै बनेका छन् । मुख्य सडक छेउछाउमै युवतीहरु ट्रक ड्राइभरहरुको प्रतीक्षा गरेर बसिरहेका हुन्छन् । तस्वीरमा देखिएकी युवती ग्राहकलाई तान्ने मुडमा छिन् । यसरी हुने गरेका यौनसम्बन्ध सव-सहारा अफ्रिकाका लागि दुर्भाग्य बन्दै आएको छ । असुरक्षित यस्ता सम्बन्धहरुले एचआइभीको आगोमा पेट्रोल छर्किरहेका छन् ।


सन् १९८१ मा अमेरिकामा पहिलो पटक पहिचान भएको एचआइभी/एड्स अहिले संसारभरि डढेलोझंै फैलिँदैछ । साउथ सहारा अफ्रिकी देशहरु त एचआइभीको डढेलोबाट भष्म हुने दिशातर्फ उन्मुख छन् भने सभ्य भनिने अमेरिका पनि अफ्रिकाकै पाइला पछ्याउँदैछ ।

एचआइभी एड्सको अवस्था अफ्रिकाका लागि दुर्भाग्यपूर्ण नियति हो । अफ्रिकाका कतिपय कुनाहरुमा एड्स भन्ने शब्द नै प्रयोगमा छैन किनभने एड्सको शिकार हुनेहरु या त आफू केको कारणले मर्दैछु भन्नेबारे अनभिज्ञ रहन्छन् या त समाज यस विषयमा बोल्नै चाहँदैन । त्यसो त एचआइभी भाइरसले विश्वलाई नै बढारिरहेको छ, यसमा अपिmका अपवाद हुन सक्दैन तर अफ्रिका जुन नियतिको सामना गरिरहेको छ, त्यो अरु महादेशहरुले कम गरिरहेका छन् ।

सबसहारा अफ्रिकामा सन् २००७ को अन्त्यसम्म दुई करोड २० लाख मानिस एचआइभी संक्रमित भएर बाँचिरहेका थिए । एड्सबाट यो वर्ष मात्र करिब १५ लाख मानिसको मृत्यु भइसकेको छ भने १ करोड १६ लाख बालबालिकाहरु टुहुरा बनेका छन् । विश्वमा एड्सबाट हुने मृत्युमा दक्षिण अफ्रिकालेे सबैभन्दा ठूलो हिस्सा ओगट्छ, जहाँ अहिले ५७ लाख मानिस एचआइभी संक्रमित भएर बाँचिरहेका छन् ।

त्यसो त अमेरिकाबाटै एचआइभीको जीवाणु फेला परेको थियो तर अझै पनि धेरै अमेरिकीहरु एचआइभीलाई पराईहरुको रोग भन्ने ठान्छन् । आफूहरु सुरक्षित रहेको र संसारको कुनै निश्चित समूहलाई लाग्ने रोग हो भन्ने उनीहरु सम्झन्छन् । धरै अमेरिकीहरुलाई थाहा छैन- अमेरिकाको राजधानी बासिङ्टन डिसीलाई यो भाइसरले कसरी कब्जामा लिँदैछ भन्ने कुरा ।
एक तथ्यांकअनुसार, वासिङ्टन डिसीका कूल बासिन्दामध्ये तीन प्रतिशत एचआइभी/एड्स संक्रमित छन्, जुन अमेरिकाका सबै शहरहरुको भन्दा उच्च दर हो । एचआइभी प्रशासन निर्देशक सान् नन् हाडर भन्छन्- 'एचआइभीको दर वासिङ्टनमा बढ्दै छ, यस्तै हो भने पश्चिमी अफ्रिकालाइ यसले जिताउनेछ र युगाण्डा र केन्याका केही भागहरुमा भन्दा पनि बढी हुनेछ ।"

एक प्रतिवेदन अनुसार २००६ भन्दा २००७ मा एचआइभी संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । बासिङ्टनका संक्रमितमध्ये ७५ प्रतिशत अश्वेत छन् । एचआइभी/एड्स सङ्क्रमित हुनेहरु अधिकांश मध्य उमेर समूहका छन्, जसमध्ये सात प्रतिशत ४० देखि ४९, पाँच प्रतिशत ५० देखि ५९ र ७० प्रतिशत ४० वर्षभन्दा माथि उमेर समूहका रहेका छन् । अमेरिकीहरुमा धेरै जनासँग राखिने यौनसम्बन्धल एचआइभीको विस्तारमा सबैभन्दा बढी योगदान गरेको छ भने समलिंगी यौनसम्बन्ध र लागुपदार्थ दुव्र्यसनका क्रममा हुने जोखिमले पनि एचआइभी फैलन मद्दत पुर्‍याएको छ ।
एचआइभी जीवाणुले धेरै वासिङ्टनबासीलाई आक्रान्त पारेपछि त्यहाँको स्वास्थ्य विभाग आलोचित हुँदै आएको छ । यही आलोचनाको बीचमा विभागले युवाहरुको एचआइभी परीक्षण अभियान चलाएको छ भने १५ लाख कण्डम निःशुल्क वितरण गरेको छ । पछिल्ला प्रतिवेदनहरुबारे आफ्नो विचार राख्दै मेयर एडि्रयन फेन्टीले निर्वाचित अधिकारीहरु यस विषयमा सचेत हुनुपर्ने बताएका छन् । साथै उनले संक्रमणको दर घटाउन नागरिकको तहबाट भएको बेवास्ताप्रति दुःखेसो पनि व्यक्त गरेका छन् ।

'अल्पसंख्यक समुदायमा यसको असर उच्च छ, यो एकदमै चिन्ताजनक कुरा हो'- नेसनल इन्टिच्युट अफ हेल्थ प्रोग्रामका निदर्ेेशक एन्टोनी फाउसीको भनाइ छ । यो त स्वास्थ्यपरीक्षण गरिएकाहरुमा मात्र आधारित छ । कतिले त परीक्षण नै गराएका छैनन् । संक्रमणको दर अझै उच्च हुनसक्छ भन्नेतर्फ इन्टिच्युटले सचेत बनाएको छ ।

(यो सामग्री एजेन्सीहरुको सहयोगमा तयार पारेको हु । टोम स्टोडार्टले गेटी रिपोर्टेजका लागि खिचेका यस सामग्रीभित्र राखिएका तस्वीरहरु टाइम म्यागजिनको अनलाइन संस्करणबाट साभार गरिएका हुन्।)

No comments:

Post a Comment